कोभिडका कारण तीन खर्ब रुपियाँ कर्जा अशुलीमा समस्या, पुनर्संरचनाको तयारी

Advertisement

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कोभिडका कारण प्रभावित करिब ३ खर्ब कर्जा पुनर्संरचना वा पुनर्तालिकीकरण गर्नुपर्ने देखिएको छ । बैंकरहरूका अनुसार वाणिज्य बैंकहरूले असारसम्मको कर्जा लगानीको करिब १० प्रतिशतसम्म, विकास बैंक र वित्तीय संस्थाहरूले करिब ३–३ प्रतिशत हाराहारीमा कर्जा पुनर्संरचना गर्नुपर्ने देखिएको हो । 

पुस मसान्त नजिकिँदै गर्दा बैंक तथा वित्तीय संस्थालाई कोभिडका कारण प्रभावित कर्जा पुनर्संरचना वा पुनर्तालिकीकरण गर्न भ्याइनभ्याई छ । गत असारसम्ममा वाणिज्य बैंकहरूले २९ खर्ब ७ अर्ब, विकास बैंकहरूले २ खर्ब ८७ अर्ब र वित्त कम्पनीले ७५ अर्ब २८ करोड कुल लगानी गरेका छन् । ‘अहिले पनि बैंकरहरू उठ्नेसम्मको कर्जा असुल गर्ने प्रयासमा हुनुहुन्छ,’ नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, ‘६–७ महिना भइसकेकाले रिकभर हुन गाह्रो देखिँदै गएको छ ।’

Advertisement

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement