ओपो ए१२ अब मात्र रु. १७,५९० मा, यस्ता छन् विशेषता

Advertisement

काठमाडौँ । प्राविधिक ब्राण्ड ओपोले केही समय अगाडि मात्र सार्वजनिक गरेको ह्याण्डसेट ओपो ए१२ ३जीबीलाई नयाँ आकर्षक मूल्यमा उपलब्ध गराएको छ । 

पहिले रु. १८ हजार ५ सय ९० मूल्य रहेको उक्त फोनमा रु १ हजार कटौतीका साथमा अब कम्पनीले रु. १७ हजार ५ सय ९०मा उपलब्ध गराएको हो । नेपाली बजारमा उक्त फोन कालो र नीलो गरी दूई रङमा उपलब्ध छ । सन् २०२०को अगास्ट महिनामा सार्वजनिक उक्त फोनको चौडाइ ८.३एमएम र वजन जम्मा १ सय ६५ ग्राम रहेको छ ।

Advertisement

डिस्प्ले:
ओपो ए१२ ३जीबीको डिस्प्लेको कुरा गर्दा यसमा ७२०×१५२० पिक्सेल्स सहितको ६.२२ ईञ्चको डिस्प्ले उपलब्ध छ । फोनको पिक्सेल डेन्सिटी २ सय ७० पीपीआई रहेको छ । आईपीएस प्यानल सहितको यो फोनको एस्पेक्ट रेशियो १९ः९ रहेको छ । फोनको स्क्रिन टू बडी रेशियो ८९% छ । फोनको डिस्प्लेमा क्याप्टिभेटिभ, मल्टि-टच, ईन-सेल, २.५डी कभ्र्ड ग्लास स्क्रिन, कोर्निङ गोरिल्ला ग्लास थ्री ।

क्यामेरा:
ओपो ए१२ ३जीबीमा रहेका क्यामेराको कुरा गर्दा यसमा डुअल रियर क्यामेरा सेटअप उपलब्ध गरिएको छ । यसमा १३एमपी क्षमताको प्राइमरी क्यामेरा र सेकेण्डरी क्यामेराका रुपमा २.०एमपी क्षमताको क्यामेरा जडान गरिएको छ । यी क्यामेरामा टच-टू-फोकस, फेज डिटेक्शन एएफ अटोफोकस प्रविधिपनि उपलब्ध गरिएका छन् । फोनमा रहेको रियर क्यामेरामा डुअल एलईडी फ्ल्याशको पनि प्रयोग गरिएको छ । त्यसैगरी, सेल्फीका लागि फोनमा ५एमपी क्षमताको फ्रण्ट क्यामेरा जडान गरिएको छ ।

हार्डवेयर तथा सफ्टवेयर:
ओपो ए१२, २.३ जीएचजेडमा क्ल्क्ड गरिएको ८ कोर्सको मिडियाटेक हेलियो पी३५ (एमटी६७६५भी/सीबी) चिपसेटबाट सञ्चारित छ । फोनमा ३जीबी ¥याम र ३२ जीबी आन्तरिक सञ्चय क्षमता उपलब्ध छ । प्रयोकर्ताले अतिरिक्त सञ्चय क्षमताको आवश्यकता परेमा यसमा एक्स्पान्डेबल एक्स्टरनल स्टोरेजको पनि प्रयोग गर्न सक्छन् । फोनमा रियर(माउण्टेड फिंगरप्रिन्ट सेन्सर्स र फेस अनलक फिचर्स लगायत सुविधापनि उपलब्ध छ । फोनको प्रयोग गर्दा दिनभर प्रयोगकर्ताले ब्याट्रीको चिन्ता लिन नपरोस् र सहजै दिनभर यसको प्रयोग गर्न सकुन् भन्ने सोचका साथ यसमा ४ हजार २ सय ३०एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । 
 

Advertisement

Advertisement