अनलाइन व्यापारका नाममा उपभोक्ता ठग्ने क्रम बढेपछि कडा कानुन ल्याउने तयारी

Advertisement

काठमाडौं । अनलाइन व्यापारका नाममा उपभोक्तामाथि ठगी गर्ने क्रम बढेपछि सरकारले उनीहरुलाई कडा कानुन ल्याएर नियामन गर्ने तयारी गरेको छ । अनलाइनमार्फत गरिने व्यवसायसम्वन्धी कानुन नै नभएको बेला बग्रेल्तीरुपमा खुलेका अनलाइन व्यापारीहरुले उपभोक्ता ठगेका गुनासोहरु बढ्न थालेपछि कानुन बनाउन लागिएको हो । 

यस्ता अनलाइन व्यापारहरुमा ग्राहकले चाहेजस्तो वस्तु डेलिभरी नगर्ने, गरे पनि गुणस्तरहीन वा टुटेफुटेको गर्ने, अनलाइनमा देखाएअनुसारको डेलिभरी नगर्ने, समयमा नगर्ने, उपभोक्तालाई दुःख दिने, आफूले भनेअनुसार नभएको डेलिभरी फिर्ता गर्न नमान्ने क्रम बढेपछि यस्तो व्यापारमा कडाई गर्न लागिएको हो । 

Advertisement

वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको विधेयकमा यस्ता अनलाइन व्यापारका नाममा सञ्चालन भइरहेका व्यापारिक कम्पनीहरुलाई व्यवस्थित गरिने जनाइएको छ । उक्त विधेयकमा अनलाइन व्यापार कम्पनीहरु तोकिएको निकायमा दर्ता भएर मात्रै सञ्चालन हुनुपर्ने, उपभोक्ताले भनेअनुसार सामान डेलिभरी नभएमा सामान फिर्ता लिनुपर्ने, अनलाइन व्यापार गर्दा कारोबार सुरक्षित हुनुपर्ने, अनलाइन व्यापारको वेभसाइटमा वस्तु छनौटको सुविधा हुनुपर्ने जस्ता प्रावधानहरु राखिएका छन् । 

विधेयकको प्रस्तावित मस्यौदाले विदेशबाट नेपालमा वस्तुको अनलाइनमार्फत व्यापार गर्न पनि छुट दिए पनि नेपालको कानुन पालना गरेर मात्रै कारोबार गर्न पाइने व्यवस्था गरेको छ । 

Advertisement

Advertisement