राष्ट्रिय बाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा नम्रता श्रेष्ठ नियुक्त

Advertisement

काठमाडौँ । राष्ट्रिय बाणिज्य बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल वर्ल्ड-२०२० नम्रता श्रेष्ठलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । बैंक र दी हिडन ट्रेजरबप्च भएको सम्झौतामा बैंकका सीईओ किरणकुमार श्रेष्ठ र दी हिडनका अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गरेका हुन् ।  

उक्त अवसरमासीईओ श्रेष्ठले राष्ट्रिय बाणिज्य बैंकले प्रवाह गरिरेको आधुनिक बैंकिङ सेवाको बारेमा ग्राहकहरुमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नको निमित्त ब्रान्ड एम्बासडरमा मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठलाई नियुक्ती गरिएको बताए ।  कार्यक्रममा दी हिडन ट्रेजरका अध्यक्ष राजकर्णिकारले यस्तो सम्झौताले दुवै संस्थाको इमेज निर्माण भई देशको  पर्यटन तथा आर्थिक क्षेत्रको विकासमा सहयोग पुग्ने बताए । 

Advertisement

सो कार्यक्रममा मिस नेपाल वर्ल्ड २०२० श्रेष्ठले आफु सरकारी स्वमात्विमा रहेको वाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउँदा अत्यन्त खुशी लागेको बताइन् । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रम ईश्वर उप्रेतीले सञ्चालन गरेका थिए । 

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेश प्रसाद लोहनी, देवेन्द्ररमण खनाल, बैंक व्यवस्थापन समितिका सदस्यहरु, दी हिडेन ट्रेजरका निर्देशकद्धय सुवर्ण क्षेत्री, प्रमोद कंसकार लगायत बैंक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  
                        
 

Advertisement

Advertisement