बोइङ ७३७ म्याक्स प्रकरणः दुई अर्ब ५० करोड डलर क्षतिपूर्ति दिन बोइङ सहमत

Advertisement

काठमाडौं । डिजाइनमै कैफियत रहेको बताइँदै आएको बोइङ ७३७ म्याक्सका बारेमा जानकारी नदिएको भन्दै आफूविरुद्ध परेको मुद्दामा जहाज निर्माता कम्पनी बोइङ दुई अर्ब ५० करोड अमेरिडी डलर क्षतिपूर्ति तथा जरिवाना तिर्न तयार भएको छ । 

बोइङ ७३७ म्याक्स लटका जहाजहरु श्रृखलावद्धरुपमा दुर्घटना भएपछि ती जहाजको डिजाइनमै कैफियत रहेको अनुसन्धानबाट थाहा भएको थियो । उक्त लटका जहाजहरुमा समस्या रहेको सार्वजनिक भएपछि बोइङले त्यस लटका बिक्री भएका सबै जहाजहरु फिर्ता लिएको थियो । 

Advertisement

तर, उक्त विवादास्पद जहाजको डिजाइनबारेको जानकारी सुरक्षा अधिकारीलाई नबताएको सम्बन्धी मुद्दा टुङ्गो लगाउन बोइङ क्षतिपूर्ति तथा जरिवानाका लागि तयार भएको हो । अमेरिकीको न्याय मन्त्रालयले कम्पनी नाफामुखी भई डिजाइनमा कमजोरी गर्दा ठूलठूला दुर्घटना भएको स्वीकार गरेको छ । 

बोइङले दिने पैसामध्ये ५० करोड डलर जहाज दुर्घटनामा मारिएका ३४६ जनाको परिवारलाई क्षतिपूर्ति दिइने जनाइएको छ । बोइङका प्रमुख कार्यकारी डेभिड काल्हुनले आफूहरुबाट कमजोरी भएको स्वीकार गर्दै अमेरिकी सरकारसँग एउटा सहमतिमा पुगिएको बताएका छन् । 

बोइङ ७३७ म्याक्सको स्वचालित उडान नियन्त्रण प्रणालीमा गरिएको परिवर्तनका बारेमा जानकारी लुकाएको र सोही कारण सन् २०१८ मा इन्डोनेशिया र सन् २०१९ मा इथियोपियामा उक्त लटका विमानहरु दुर्घटना भई ठूलो जनधनको क्षति भएको थियो । एजेन्सी

Advertisement

Advertisement