सूचना प्रविधिमा आधारित ठूला परियोजना अलपत्र

Advertisement

काठमाडौँ । बालाजुको अष्टनारायण हलमा पुस १० मा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले ६२ वटा गीत लगातार गाएर रेकर्ड राख्ने कार्यक्रम थियो । कार्यक्रमको शुभारम्भ गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राज्यमन्त्री मानन्धरलाई शुभकामना दिए ।

– पुस १३ मा ललितपुरमा आयोजित एक स्मृतिसभा सम्बोधन गर्न पुगेका मन्त्री गुरुङले ‘आधुनिक युग सुहाउँदो सञ्चार क्षेत्रको विकासमा लाग्न पत्रकारलाई आग्रह’ गरे ।

Advertisement

– मन्त्रालयमा पुस १६ गते हुलाक टिकट प्रकाशन समारोहमा मन्त्री गुरुङले ‘नेपालको प्रवर्द्धनात्मक कार्यक्रम ल्याउन सबैलाई आह्वान’ गरे ।

– पुस १९ गते मन्त्रालयमा पत्रकारहरूको भेटमा मन्त्री गुरुङले पत्रकारले ‘सकारात्मक सन्देश दिने समाचार प्रवाह गर्ने विश्वास व्यक्त’ गरे ।

असोज २९ गते सञ्चार तथा सूचना प्रविधिमन्त्रीका रूपमा पदोन्नति पाएका पार्वत गुरुङ दिनहुँजसो उद्घाटन र शुभारम्भमा व्यस्त भइरहे पनि मन्त्रालयअन्तर्गतका सूचना प्रविधिसम्बन्धी ठूला परियोजना अघि बढाउनमा भने चासो दिएका छैनन् । केही वर्षदेखि सञ्चालनमा रहेर प्रगति हुन नसकेका र सुरु हुन नसकेका करिब एक दर्जन परियोजना अलपत्र अवस्थामा रहे पनि मन्त्री गुरुङको चासो औपचारिक कार्यक्रममा मात्र छ ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement