विवादास्पद कम्पनी ‘सगुन’मा १० करोड लगानी गरेको दम्पत्तिको राजधानीमा रहस्यमय मृत्यु

Advertisement

काठमाडौं । विवादमा पर्दै आएको ‘सगुन’ नाम गरेको कम्पनीमा १० करोड रुपियाँ लगानी गरेको एक दम्पत्तिको राजधानीको टोखामा रहस्यमय मृत्यु भएको छ । उनीहरुलाई शुक्रबार राति प्रहरीले मृत अवस्थामा फेला पारेको हो । 

टोखास्थित ग्राण्ड भिल्ला अपार्टमेन्टमा बस्दै आएको ३३ बर्षीय उमेश केसी र उनकी श्रीमती ३३ बर्षीय सुदीक्षा गिरी मृत अवस्थामा भेटिएका हुन् । अमेरिकाको पीआरसमेत पाइसकेका उमेश यही माघ १ गते अमेरिका फर्किने तयारीमा थिए । उनी गएको दशैंमा नेपाल आएका थिए । 

Advertisement

अमेरिकामा रहँदा उमेशले सगुनमा १० करोड रुपियाँ लगानी गरेका थिए । उक्त लगानीको विषयलाई लिएर सगुनका सञ्चालकहरुसँग उनको लामो समयदेखि विवाद हुँदै आएको थियो । अमेरिकामा बस भएर सञ्चालन गरिएको सगुनले सेयर लगानीका नाममा हजारौंलाई ठगेको समाचारहरु आइरहेको बेला उमेशले आफ्नो लगानी फिर्ताका लागि सगुनका सञ्चालकहरुसँग कुरा गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । 

समाचारअनुसार सगुनमा गरिएको लगानीका विषयमा घर परिवारले पनि प्रश्न उठाउँदै आएको थियो । सगुनका सञ्चालकहरुसँग विवाद भइरहेको बेला उमेश र उनकी श्रीमतीको रहस्मय मृत्यु भएको छ । 

महानगरीय प्रहरी परिसर टेकुका अनुसार उमेशको शब खाटमा लडेको र टाउको तथा शरीरमा गहिरो चोट लागेको पाइएको छ भने सुदीक्षा झुण्डिएको अवस्थामा भेटिएको छ । प्रहरीले घट्ना शंकास्पद रहेको र पोष्टमार्टमको रिपोर्ट आएपछि हत्या वा आत्महत्या भन्न सकिने बताएको छ । सुदीक्षाले उमेशको हत्या गरेर आत्महत्या गरेको पनि हुनसक्ने प्रहरीको अनुमान छ । उमेशका परिवारजनले सगुनमा लगानी भएकाले पनि उमेशको हत्या भएको हुनसक्ने भन्दै छानबिनको माग गरेको छ । 

Advertisement

Advertisement