भारतीय इनर्जी एक्सचेन्ज बजारमा बिजुली बेच्न प्राधिकरणलाई अनुमति

Advertisement

काठमाडौँ । भारतको इनर्जी एक्सचेन्ज बजारमा २५ मेगावाट विद्युत् बिक्रीका लागि विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ ।

इनर्जी एक्सचेन्जमा कम्तीमा पनि २५ मेगावाट विद्युत् उपलब्ध गराउन भारतको पावर ट्रेडिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड (पीटीसीएन)ले आह्वान गरेको टेन्डरमा भाग लिन प्राधिकरणले आयोगबाट स्वीकृत मागेको थियो । पीटीसीएन भारतमा ऊर्जा व्यापारको प्रबन्ध मिलाउने कम्पनी हो ।

Advertisement

आयोग बैठकले गत सोमबार प्राधिकरणलाई नेपालमा विद्युत् बढी भएको अवस्थामा मात्रै भारतमा बिक्री गर्न मिल्ने गरी स्वीकृति दिएको आयोगका सदस्य रामप्रसाद धितालले जानकारी दिए ।

कान्तिपुर दैनिकबाट। 

Advertisement

Advertisement