प्रचण्ड–माधव समूहबाट राजदूत भएकाहरुलाई फिर्ता बोलाउने सरकारको तयारी

Advertisement

काठमाडौँ । सत्तारुढ दल नेकपा विभाजित भएसँगै नेकपा (प्रचण्ड–माधव समूह) पक्षबाट विभिन्न देशमा राजदूत रहेकाहरुलाई फिर्ता बोलाउने तयारी गरिएको छ । 

कार्यसम्पादन मूल्यांकनका आधारमा उनीहरुलाई फिर्ता बोलाउने तयारी गरिएको समाचार कान्तिपुरको अनलाइन संस्करणले उल्ल्ेख गरेको छ । जसअनुसार पहिलो चरणमा अस्ट्रेलिया, बहराइन, बंगलादेश, साउदी अरेबिया, डेनमार्कसहितका मुलुकमा रहेका राजदूतलाई फिर्ता बोलाउन लागिएको छ । 

Advertisement

पार्टी विभाजन भएसँगै सत्तारुढ दल नेकपा (ओली समूह)ले सरकारको नीति र सन्देश प्रवाह गर्न कठिनाई भएपछि प्रचण्ड–माधव समूहबाट राजदूतहरुलाई फिर्ता बोलाउन लागिएको हो । 

Advertisement

Advertisement