सरकारले कृषिमा विदेशी लगानी खुला गरेपछि किसान र व्यवसायी चिन्तित

Advertisement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृषिमा विदेशी लगानी खुला गरेपछि यसको विरोध भइरहेको छ । कृषिमा वैदेशिक लगानी भित्राउने नेपाल सरकारको निर्णय व्यवसायी र किसानको हितविरुद्ध भएको भन्दै विरोध गरिएको हो ।

डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड र केन्द्रीय पशुपन्छी पालन सहकारी संघ लिमिटेडलगायतका कृषिमा वैदेशिक लगानी भित्र्याउँदा स्वदेशी उद्योगलाई प्रत्यक्ष असर पर्ने बताउँदै विरोधमा उत्रिएका हुन् । ऐनमा विदेशी लगानी भित्र्याउँदा उद्योगमा ५० करोड लगानी गर्नुपर्ने र त्यसबाट उत्पादित ७५ प्रतिशत उत्पादन निर्यात गर्नुपर्ने सर्त छ । 

Advertisement

तर यसअघि पनि विदेशी लगानी खुला गरिएका कतिवटा क्षेत्रमा विदेशी लगानी नेपाल भित्रियो, कति भित्रियो र त्यसले नेपाली उद्योग व्यवसायलाई प्रतिस्पर्धी बनायो कि नेपाली उद्योगलाई नकारात्मक असर गर्यो भन्ने तथ्यांक न त विरोध गर्नेले दिन सकेका छन्र, न त सरकारले नै ।
कुनै एउटा उद्योग विशेषलाई नेपालमा आउन बाटो खोलेको सन्दर्भमा पनि नेपाली उद्योगीको विरोध देखिएको छ । तर, नेपाली उद्योगी व्यवसाय विदेशी लगानीको विरोधमा बजारमा एकाधिकार जमाउने कि प्रतिस्पर्धी भई उपभोक्तालाई सहज तथा सुलभ मूल्यमा गुणस्तरीय उत्पादन दिन आफ्नो क्षमता बढाउने, यसमा पनि स्पष्ट छैनन् भने अर्कोतिर किसानका आफ्नै पीडा छन् ।

कारोबार दैनिकबाट ।

Advertisement

Advertisement