डिशहोम रियालिटी टिभी च्यानलमा ‘बेस्सरी हाँसौं’ सुरु हुँदै

Advertisement

काठमाडौ । डिशहोमले आफ्नो रियालिटी टिभी च्यानल १०२ मा स्ट्यण्डअप हास्य कार्यक्रम ‘बेस्सरी हाँसौं’ हरेक मंगलबार राति ८ः३० बजे प्रशारण हुने जानकारी दिएको छ । 

कार्यक्रमको पहिलो भाग मंगलबार प्रशारण हुनेछ । पुनःप्रशारण कमेडि प्लस च्यानलमा पनि हेर्न सकिने जनाइएको छ । 

Advertisement

डिशमिडिया नेटवर्कको लागि पायोनियर मिडियाले उत्पादन गरेको ‘बेस्सरी हाँसौं’मा गणेश राई, विश्वजीत देउजा, सारा अधिकारी, सोमराज रावल लगायतका हास्य कलाकारहरुको प्रस्तुती रहनेछ । 

Advertisement

Advertisement