एभरेष्ट बैंकको लाभांश पारित, बोनस सेयर र नगद लाभांश कति ?

Advertisement

काठमाडौं । एभरेष्ट बैंकको सोमबार सम्पन्न २६औं बार्षिक साधारणसभाले आर्थिक बर्ष २०७६–७७ को नाफाबाट सेयरधनीलाई पाँच प्रतिशत बोनस सेयर र पाँच दशमलव ५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । 
 
भर्चुअल माध्यमबाट सम्पन्न सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक बर्ष २०७६–७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र बार्षिक प्रतिवेदन पारित गर्दै उक्त बोनस सेयर र नगद लाभांश पारित गरेको हो । 
  
बैंकले प्रस्तावित बोनस शेयर जारी भएपछि चुक्ता पुँजी बृद्धि हुने र नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम संस्थापक समूहको ९.९१ प्रतिशत शेयर सर्वसाधारण समूहमा परिणत भएपछि संस्थापक समूह र सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गर्न प्रबन्धपत्र संशोधन गर्नुपर्ने प्रस्ताव पनि पारित गरेको छ । 

सभाबाट आगामी ४ बर्षका लागि सर्वसाधारण शेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना संचालक नबिनभक्त श्रेष्ठ र उर्मिला श्रेष्ठलाई निर्विरोध निर्वाचित भएका छन् । 

Advertisement

Advertisement

Advertisement