सनराइज बैंकले शुरु गर्यो थप ५ शाखारहित बैंकिङ सेवा र १ एक्सटेन्सन काउण्टर

Advertisement

काठमाडौँ । सनराइज बैंकले तनहुँ, नवलपरासी, सुनसरी, गुल्मी र धुर्कोट जिल्लामा नयाँ शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ सेवा संचालनसंगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ६३ पुगेको छ ।

गत शुक्रबार बैंकले व्यास नगरपालिका-१४ केशवटार तनहुँ, सुनवल नगरपालिका–७ अस्नैया नवलपरासी र गढी गाउँपालिका-२ भमरीबजार सुनसरीमा ३ वटा शाखारहित बैंकिङ सेवा खोलेको हो । त्यस्तै शनिबार धुर्कोट गाउँपालिका-३ हाडहाडे गुल्मी र धुर्कोट गाउँपालिका-७ ड्वानेटा गुल्मीमा २ वटा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । 

Advertisement

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुच पुर्याउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

साथै आज काठमाडौं कलंकी स्थित मालपोत कार्यालयमा बैंकको १२औं एक्सटेन्सन काउण्टरको शुभारम्भ गरेको छ । हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ६३ वटा शाखारहित बैंकिङ सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

Advertisement

Advertisement