गुहेश्वरी मर्चेण्टको वार्षिक साधारण सभाबाट ११.४० प्रतिशत लाभांश पारित

Advertisement

काठमाडौँ । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको उन्नाइसौं वार्षिक साधारण सभा आज गुहेश्वरी भवन, हरिहर भवन, ललितपुरमा सम्पन्न भएको छ । 

साधारण सभाबाट आब २०७६÷७७ को नाफाबाट चुक्ता पुँजीको ३.४० प्रतिशत (बोनस शेयर तथा नगद लाभांश कर सहित) र ८ प्रतिशत बोनस शेयर पारित भएको छ । बोनस शेयर वितरण गरे पश्चातसंस्थाको चुक्ता पूँजी रु. ८६ करोड ४० लाख हुनेछ । साथै हालसम्म निक्षेप रु. ६ अर्व १३ करोड तथा कर्जा ४ अर्व ४५ करोड छ । 

Advertisement

उक्त सभामा संस्थाका अध्यक्ष श्रीमान श्रेष्ठबाट सभापतित्व ग्रहण गरिएको थियो भने संचालक समितिको तर्फबाट डा. रेश्मी श्रेष्ठ, राजेश मानन्धर र किर्तिनाथ मास्केहरु सम्मिलित भएका थिए ।  शेयरधनीहरु अभौतिक रुपमा जूम मार्फत पनि सभामा सहभागी भएका थिए । 

उक्त साधारण सभामा साधारण शेयरधनीको तर्फबाट रामगोपाल महर्जनले संस्थाको सम्वृद्धिको लागि आफ्नो सल्लाह एवं सुझाव समेत दिए । संस्थाको प्रधान कार्यालय सहित जम्मा २१ वटा शाखा कार्यालयहरु तथा २ वटा एक्सटेन्सन काउण्टर रहेको छ । 

Advertisement

Advertisement