नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सीईओमा रामकृष्ण खतिवडा नियुक्त

Advertisement

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामकृष्ण खतिवडा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले खतिवडालाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । 

बैंकर अनिल ज्ञवालीले कार्यकाल बाँकी रहँदै राजीनामा दिए पछि सीईओ पद खाली थियो । पेशाले चार्टर्ड एकाउन्टेन्ट रहेका खतिवडासँग विद्युत नियमन आयोगको सदस्य, र लगानी बोर्डको परामर्शदाता र एनआइबीएल एस क्यापिटलमा पनि काम गरेको अनुभव छ । यसअघि उनी सोही बैंकको सञ्चालक थिए । 

Advertisement

उक्त बैंकको सीईओको प्रतिपष्र्धामा रहेको २१ जना मध्ये खतिवडाले बाजी मारेका हुन् । उनलाई माघ १ गतेदेखि लागु हुने गरी सञ्चालक समितिले सीईओ नियुक्त गरेको हो । 

सरकारको समेत लगानी रहेको बैंकले माघ २ गतेदेखी ८ अर्ब रुपियाँको ८ करोड कित्ता आईपीओ निष्काशन खुला गर्दैछ ।

तलको लिंक पनि क्लिक गर्नुहोस्ः

'निफ्राको आइपीओ भर्नुस्, प्रतिफलको चिन्ता नगर्नुस्'

 

Advertisement

Advertisement