शेयर बजारमा बैंकिङ र होटलबाहेक सबैमा हरियाली, यी हुन् शेयरधनीले बढी कमाएका ‘टप टेन’ कम्पनी

Advertisement

काठमाडौँ । साताको पहिलो दिनदेखि नै शेयर बजार बढिरहेको छ । आज बजार १८.८१ अंकले बढेको हो । आइतबार ४१.२४ अंक, सोमबार ३.७० अंक, हिजो मंगलबार २८.३१ अंकले बढेको थियो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज ०.८३ प्रतिशतले बजार बढ्दा नेप्स परिसूचकले थप उचाईँ लिंदै २२८६.५४ अंकमा पुगेको उक्लिएको छ । 

Advertisement

आज २०७ कम्पनीका १ करोड ३२ लाख ८९ हजार ८ सय ४९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९१ करोड ४३ लाख ८९ हजार २ सय ६१ रुपियाँ बराबरको कारोबार भयो । नेप्सेका अनुसार आज बैंकिङ र होटल समूह बाहेक सबैमा हरियाली छाएको छ । बैंकिङ ३.१५ अंक र होटल समूह ५.३९ अंकले घटेका हुन् । 

आज कर्पोटेड डेभलपमेन्ट बैंकसहित १० कम्पनीका शेयरधनीहरुले ९ प्रतिशत भन्दा बढी नाफा कमाएका छन् । नौ प्रतिशत भन्दा बढी नाफा कमाउनेमा कर्पोरेट डेभलपमेन्ट बैंक, आरम्भ चौतारी लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, इन्फिनिटी लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, गुराँस फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स, गणपति माइक्रोफाइनान्स, समृद्धि फाइनान्स र एनएमबि माइक्रोफाइनान्सका शेयरधनी हुन् ।

त्यसैगरी आज मल्पिपर्पस फिनान्स कम्पनीका शेयरधनीहरुले सबैभन्दा बढी ४.७१ प्रतिशतले घाटा व्यहोरेका छन् । आज नेपाल टेलिकमको उच्च कारोबार भएको छ । टेलिकमको २६ करोड ५५ लाख २४ हजार ९ सय ४० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।   


 

Advertisement

Advertisement