नामी कलेजः नेपालमै ब्रिटिश डिग्री, जहाँ पढाउने शैली र बाताबरण नै फरक छ

काठमाडौं । नामी कलेज सन् २०१२ मा स्थापना भएको हो । प्रोग्राम चाहीं सन् २०१४ बाट सुरु भएको हो । हामीसँग आईटी (सुचना प्रविधि), विशेषगरी सफ्टवयर र नेटवर्क इन्जिनियरिङमा बढि दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न बीबीए, एमबीए र बीएससी इन्भाइरोमेन्ट साइन्जको अध्ययन अध्यापन हुन्छ । पहिला कम्युटर साइन्स र कम्प्युटर इन्जिनियरिङ भन्ने मात्रै थियो । विद्यार्थी र अभिभावकहरुको मागअनुसार कलेजले सफ्टवयर बनाउने कोर्ष नेटवर्किङ वा आईटी सेक्युरिटितिर गयो, जसबाट विद्यार्थीहरुले स्पेसलाइज कोर्ष गर्न पाउँछन् । 

अर्को कुरा इन्भाइरोमेन्ट साइन्समा विदेशी डिग्री चलाउने नामी एक मात्रै कलेज हो । यो विषयलाई अन्य मुलुकमा निकै प्राथमिकता दिने गरिए पनि नेपालमा उपेक्षा गर्ने काम भइरहेको बेला नामीले यस विषयको पढाई सञ्चालन गरिरहेको छ । ठूला अन्तर्राष्ट्रिय संस्था, मौसम परिवर्तनसँग सम्वन्धित् विषयहरुमा काम गर्न र बोल्नसक्ने नेपालीहरु पाउन मुस्किल छ । त्यसलाई परिपूर्ति गर्ने लक्ष्यका साथ नामीले इन्भाइरोमेन्ट साइन्सको प्रोगाम सञ्चालन गरिरहेको छ ।  नेपालको सन्दर्भमा यो विषयमा पढ्नेहरुको माग उच्च रहेको अवस्था छ । नेपालमा मात्रै होइन् विदेशमा पनि यसको उच्च माग छ । नेपालमा इन्जिनियरिङ नै गर्नुपर्छ वा डाक्टर नै हुनुपर्छ भन्ने संस्कार रहँदै आएको बेला नामीले इन्भाइरोमेन्ट साइन्सको आवश्यकता र महत्व बुझाउँदै गएको छ । यो विषय अध्ययन गरेर काम गर्नेहरुको पारिश्रमिक चिकित्सक र इन्जिनियरको भन्दा आकर्षक रहँदै आएको छ । 

साथै, नामीले क्याम्ब्रिव युनिभर्सिटीसँग आवद्ध भएर एलेभल तथा प्लस टू का प्रोग्रामहरु पनि सञ्चालन गर्दै आएको छ । त्यस्तै, ब्याचर र मास्टरका प्रोग्रामका लागि युनिभर्सिटि अफ नर्थएम्टनसँगको साझेदारीमा कोर्ष सञ्चालन गर्दै आएको छ । आईटीमा विद्यार्थीहरुले पनि राम्रो नजिता ल्याइरहेकाले उक्त बिधामा मास्टर लेभलको कार्यक्रम पनि थप गर्ने योजना बनाएको छ ।

नामी भन्छ– हाम्रो लक्ष्य र भिजन भनेको देशको लागि विभिन्न क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्नु हो । यो ३७ रोपनी विशाल क्षेत्रफलमा फैलिएको छ । १५ बर्गकिलोमिटर क्षेत्रफलमा कक्षा कोठाहरु नै छन्, ती पनि वेभभेन्टिलेटेड । नामी कलेजसँग सुविधासम्पन्न छात्रबासको पनि व्यवस्था छ । सभाहल, सुविधासम्पन्न चमेनागृह, खेलमैदान जस्ता सुविधा भएको विशाल संरचनाको कलेजहरु नेपालमा कमै मात्र छन् । 

नामीले बेलायती मापदण्डको उच्चस्तरीय शिक्षा दिने भए पनि शुल्क भने मध्यमस्तरको मात्रै लिने गरेको देखिन्छ । नेपालमा विदेशी डिग्री देखाएर चर्को शुल्क उठाउने चलन रहेकोमा नामीले आम नेपालीहरुको क्रयशक्तिलाई मिल्ने गरी शुल्क निर्धारण गरेको छ । ठूलो क्षेत्रफल र ठूलो संरचनामा फैलिएको कलेज भएकाले शुल्क पनि महंगो होला भन्ने धेरैको अनुमान हुनसक्छ । तर, भित्र त्यो अवस्था देखिन्न । 

कलेजले उत्पादन गरेका जनशक्तिको लागि बाहिर निकै राम्रो संभावना रहँदै आएको छ । आईटीका प्रविधिक जनशक्तिहरुको उच्च माग पनि रहँदै आएको बेला कलेज आफैले राष्ट्रिय अन्तर्राष्ट्रिय कम्पनीहरुसँग सहकार्य गरेर आफ्ना उत्पादित जनशक्तिका लागि रोजगारीको व्यवस्था पनि गर्ने गरेको छ । गएको बर्ष मात्रै नामीका छ जना विद्यार्थी सोही सिलसिलामा जापान पनि पुगेका थिए । यसबाट नेपाली विद्यार्थीहरुले अन्तर्राष्ट्रियस्तरमा पनि प्रतिस्पर्धा गर्नसक्छ भन्ने नामीले पुष्टि गरेको छ । 

नेपालमै अन्तर्राष्ट्रियस्तरको पढाई हुनसक्छ भनेर देखाएका छौंः पवन पोखरेल, सीईओ
शिक्षा क्षेत्रमा लाग्नेहरु आफू राम्रो गरौं, देशको लागि दक्ष जनशक्ति उत्पादन गरौं भनेर लागेको हुन्छ । हाम्रो लागि सबैभन्दा ठूलो सम्पत्ति भनेकै हाम्रा बिद्यार्थीहरु हो । यहाँबाट ग्राजुयट भएका विद्यार्थीहरु थुप्रैले सफल व्यवसाय गरिरहेका छन् । कसैले राम्रो जागिर गरिरहेका छन् । बाताबरणीय विज्ञानका कतिपय विद्यार्थीहरुले एनजीओ–आईएनजीओमा राम्रो प्रगति छ । बीबीए अध्ययन गर्नेहरु थुप्रै कर्पोरेट हाउस, बैंकमा काम गरिरहेका छन् । हाम्रा ग्राजुयटहरुले स्वदेश र विदेशमा राम्रो सफलता हासिल गरेका, अवार्डहरु पाएका थुप्रै उदाहरणहरु छन्, जुन अहिले सबैको नाम लिँदा समय पनि लाग्छ । 

यो किन भयो भने हाम्रो पाठ्यक्रम इन्डष्ट्रिबेस (उद्योगमा आधारित) छ जुन हरेक बर्ष अद्यावधिक भइरहन्छ । सान्दर्भिकताका आधारमा हामीलाई पाठ्यक्रमलाई अपडेट गर्नेगछौं ।

कोभिड–१९ शिक्षा क्षेत्रका लागि ठूलो चुनौति बन्यो । साथसाथै, यो एउटा अवसरको रुपमा पनि आएको छ । यो समयमा विद्यार्थीहरु भौतिकरुपमा कलेजमा उपस्थित भएर पढन् सिक्न स्वास्थ्य जोखिमका कारण कठिनाई भयो । जसले गर्दा हामीलाई मात्रै होइन्, विद्यार्थी र अभिभावकहरुलाई पनि विद्यार्थीहरुको भविश्य के हुने हो ? भन्न एक खालको चिन्ता थियो । स्कुल कलेज जानुपर्ने छोराछोरी लामो समयसम्म घरमै बस्दा अभिभावकलाई चिन्ता बढेको हामीले पाएका थियौं । 

तर पनि यो समयमा हामीलाई के सजिलो भयो भने युनिभर्सिटि अफ नर्थएम्टनले दिएको ‘ब्ल्याकबोर्ड कोल्याबरेट’ भन्ने सफ्टवेयरले अनलाइन कक्षा सञ्चालन गर्यौ । साथै, गुगल क्लासरुमबाट पनि विद्यार्थीहरुलाई अध्ययन गरायौं । त्यो भएकोले कक्षा सञ्चालन गर्न हामीलाई कठिनाई भएन् । 

यसले अर्को के फाइदा पनि भयो भने सुचना प्रविधिसँग अभ्यस्त हुन कोभिड १९ ले हामीलाई सिकायो । यसले प्रविधिको महत्वलाई बढायो । प्रतिकुल अवस्थामा पनि विद्यार्थीहरुलाई घरमै बसेर अध्ययन गर्नसक्ने अवस्था सिर्जना गरिदियो । जसले गर्दा आफ्ना छोराछोरी घरमै बसेर पढ्न पाउँदा अभिभावकहरु पनि खुशी हुनुहुन्थ्यो । आफ्ना छोराछोरीले कसरी कलेजमा पढ्दारहेछन् ? कलेजले कसरी सिकाउँदो रहेछ ? भनेर प्रत्यक्षरुपमा उहाँहरुले हेर्न पनि पाउनुभयो । 

अर्को कुरा हामीले कक्षाहरु रेकर्ड गरेर पनि राखिदिने गरेका छौं । हरेक कक्षा र विषय रेडर्कमा छ । त्यो भोलिका लागि पनि हामीलाई काम लाग्छ । विद्यार्थीहरु बेलायत गएर युनिभर्सिटि अफ नर्थएम्टनमा पढ्दा र नामीमा पढ्दा एउटै हो । गुणस्तर, शैली, पद्दतीमा फरक छैन् । सर्टिफिकेटमा कुनै फरक छैन् । बेलायत गएर पढ्दा कम्तिमा पनि ३० लाख तिर्नुपर्छ । तर, यहाँ एकतिहाईमा पढ्न पाइन्छ । जबकी कोर्ष र डिग्रीमा कुनै भिन्नता छैन् उहाँ पढे वा यहाँ पढे पनि । अष्ट्रेलिया, अमेरिकामा अझै महंगो छ । बस्ने खाने खर्च त अझ छुट्टै हुन्छ । विदेशमा पढ्ने बित्तिकै उच्चक्षमता हुने नेपालमा पढ्ने बित्तिकै नहुने भन्ने हुँदैन् । त्यो हामीले पुष्टि पनि गरिसकेका छौं । हाम्रो कोर्ष नै प्राक्टिकल ओरियन्टेड छ । पढ्ने र पढाउने कुराले मात्रै हुँदैन् । बाताबरण पनि चाहिन्छ । त्यो बाताबरण नामीमा पाउनुहुन्छ । 

हाम्रो पढाउने शैली नै भिन्न् छः सञ्जीव उदास, प्रिन्सिपल
हामीले विद्यार्थीहरुलाई पढाउन लेक्चर, ट्युटोरियल र वर्कशप प्रयोग गछौं जबकी नेपालको सिस्टममा थेउरी र प्राक्टिकल मात्रै बढि देखिन्छ । हामी चाहीं थेउरोटिकल लेक्चर क्लासमा पढाउँछौं । त्यही पढाएको कुरालाई ट्युटोरियलमा उदाहरण दिएर विद्यार्थीहरुलाई बुझाउने प्रयास गछौं । त्यसपछि मात्रै ल्याब सेसनहरु विद्यार्थीहरुलाई गर्न दिन्छौं । त्यसले एक हप्ता पढाएको कुराहरुको रिभिजन क्लासको पनि काम गर्छ । विद्यार्थीहरुले पढाएको कुरा बुझेको छ कि छैन ? भन्ने कुरा पनि त्यहाँबाट थाहा हुन्छ । 

हामीले लकडाउनमा गरेको अनुभव के हो भने आमनेसामने पढाउँदा विदार्थीले बुझेको छ कि छैन् ? भन्ने कुरा थाहा हुन्थ्यो । अनलाइन कक्षामा थाहा पाउन केही गाह्रो हुँदोरहेछ । त्यो भएकाले हामीले डिसकसन क्लास भनेर पनि थप्यौं जुन विद्यार्थीहरुले लेक्चर, ट्युटोरियल र ल्याबमा पढेसिकेका कुराहरु थप प्रष्ट हुने, नबुझेका विद्यार्थीलाई बुझाउने माध्यम बन्यो । 

अनलाइन कक्षा सञ्चालन गर्दा र भौतिकरुपमा विद्यार्थीहरु उपस्थित भएर पढाउँदा केही अन्तर हुने नै भयो । विद्यार्थीसँग आमनेसामने भएर पढाउँदा अन्तरक्रिया पनि हुने, उनीहरुको हाउभाउबाट पनि बुझेनबुझेको थाहा हुने, ध्यान दिएनदिएको थाहा हुने । तर अनलाइन क्लासमा त्यो कुरामा थाहा पाउन गाह्रो हुने । क्यामरा ‘अन’ गर भन्दा पनि सबै विद्यार्थीसम्म ध्यान पुर्याउन कठिन हुने हाम्रो अनुभव रह्यो । 

हामी अर्को कुरा समय समयमा सर्वे गराउँछौं विद्यार्थीहरुसँग । शिक्षकको पढाउने तरिका कस्तो छ ? पढेको बुझेको छ कि छैन् ? सामग्रीहरु पाएको छ कि छैन् ? कलेजले दिनुपर्ने सहयोग पर्याप्त छ कि छैन् ? भनेर हरेक सेमेस्टरमा कम्तिमा दुई पटक सर्वे गराउँछौं जसले उनीहरुको चाहना र आवश्यकताअनुसार समस्या समाधान गर्न सकिरहेका छौं । ब्याचलरमा हामीले युनिभर्सिटिकै सिस्टमअनुसार क्लास प्रतिनिधि भनेर राख्छौं । त्यस्तो प्रतिनिधिसँग हरेक हप्ता बसेर त्यस्ता समस्याहरु समाधान गर्न प्रयास गछौं । हाम्रो स्टुडेन्ट सर्भिसेज भन्ने डिपार्टमेन्ट नै छ । त्यो मिटिङबाट विद्यार्थीहरुलाई कस्तो क्लासहरु चाहिएको छ ? कस्तो रिसोर्सेज चाहिएको छ ? भन्ने कुराको निक्र्योल गर्छौं । 

हामी युनिभर्सिटि अफ नर्थएम्टनसँग मिलेर काम गरेकाले उहाँहरुले पढाईको गुणस्तर कायम राख्न भूमिका खेल्नुहुन्छ । त्यो भनेको कडा मापदण्डाअनुसार हुन्छ । हाम्रो पढाईको गुणस्तरमा कुनै समस्या छैन् । हाम्रोमा तीन बर्षे ब्याचर तीन बर्षमै सकिन्छ । जबकी नेपालमा चार–पाँच बर्षमा सिध्याउन सकियो भने ठूलै कुरा हुन्छ । हाम्रो सिस्टममा युनिभर्सिटिले नै दिएको स्लेबसमा हरेक हप्ता फलोअप गर्नुपर्छ । नेपाली डिग्रीमा त १२ हप्ताको कोष छ हप्तामा नै सिध्याइदिने चलन पनि देखिन्छ । तर, हाम्रोमा त्यस्तो हुन्न । मिडटर्ममा पनि एसेसमेन्ट बुझाउनुपर्ने हुन्छ । अन्तिम परीक्षामा पनि जुन विद्यार्थीले एसेसमेन्ट बुझाउँछ, उसको सम्वन्धित शिक्षकले मोडरेट गर्नुहुन्छ । त्यसमाथि अन्तिम बर्षमा त एक्सटर्नल युनिभर्सिटिले पनि मोडरेट गर्छ । युनिभर्सिटिले फरक फरक तहबाट क्वालिटि एस्योरेन्सको कुरालाई हेर्छ । 

पढाउने कुरामा पनि जो पायो त्यही शिक्षकलाई राख्ने कुरा हुँदैन् । युनिभर्सिटिले नै स्क्रिनिङ गर्छ । सीभी एप्रुभल गरेपछि मात्रै पढाउन अनुमति दिन्छ । नेपालका अरु शैक्षिक संस्थाहरुमा पनि त्यो प्रावधान छ । तर, त्यसको फलो भएको देखिन्न । युनिभर्सिटिले नै हामीलाई पढाउने क्राइटेरिया तोकेको हुन्छ । उसले स्लेबसहरु दिएको हुन्छ । सोअनुसार हामीले लकडाउनको समयमा पनि हरेक क्लासमा स्लाइडहरुको माध्यमबाट पढाउँथ्यौं । अहिले त अनलाइन माध्यम भन्ने गरिएको मात्रै हो । कन्टेनहरु सबै डिजिटलाइज नै थियो । पहिला बोर्डमा पढाइरहेकोमा कोभिडपछि सबै स्लाइडमा लगेर पढाउनुपर्थो भन्ने अवस्था हाम्रोमा रहेन् । अनलाइन माध्यममा पनि विद्यार्थीहरु पहिलेदेखि अभ्यस्त थिए । किनभने विद्यार्थीहरुले आफ्नो एसेसमेन्ट, प्रेजेन्टेशन, ग्रुपओर्कहरुको रेकर्डिङ गर्नुपर्ने पहिलेदेखि नै थियो । त्यो अनलाइन नै बुझाउनुपर्ने र शिक्षकहरुले पनि अनलाइन नै मार्किङ गर्नुपर्ने, कन्टेन्ट पनि अनलाइन प्ल्याटफर्म मै रहने सिस्टम भएकाले त्यो ट्रान्जिशनमा खासै गाह्रो भएन् । 

तर, नेपालमा हेर्ने हो भने त्रिभुवन विश्वविद्यालयलगायतले यस्ता महामारीका लागि अपनाउनुपर्ने विधिका बारेमा कुनै तयारी गरेको देखिन्न । अब त फिजिकल असाइनमेन्टहरुलाई कम गर्दै अनलाइन सिस्टमलाई प्रवद्र्धन गर्नुपर्ने हो । नेपालका धेरै शैक्षिक संस्थाले परिवर्तनलाई आत्मसाथ गर्न नसकेको, नचाहेको जस्तो देखिन्छ । हाम्रो सोच के हो भने यस्तो विषम परिस्थितिमा एक जना पनि विद्यार्थी पढ्ने सिक्ने अवसरबाट बन्चित हुनुहुन्न । युनिभर्सिटि अफ नर्थएम्टनले लकडाउनको समयका लागि निश्चित असाइनमेन्टहरुलाई एक्सटेन्शन दिएको थियो ताकी कोभिड–१९ को समस्याका कारण छुटेका विद्यार्थीहरुलाई पनि समस्या नहोस् । यो खालको युनिभर्सिटिको पद्दतीले गर्दा बेलायतको शिक्षा उच्च महत्वको रहेको जस्तो लाग्छ । विदेशमा जस्तो महंगो नभएर किन सस्तो भयौ ? कतै गुणस्तरमा त समस्या छैन ? भनेर हाम्रो आशंका गर्ने चलन छ । बास्तवमा त्यो होइन् । 

नामी छनोट गरेर मैले ठिक गरेछुः सया थापा, विद्यार्थी
मैले २०१४ मा इन्भाइरोमेन्ट साइन्स बीएससी अनर्सका लागि ज्वाइन गरेको थिएँ । २०१८ मा पासआउट भएँ । हामी सुरुमा आउँदा १२ जना थियौं । सुरुको बेला भएकोले र भर्खरै नयाँ विद्यार्थीहरु आउन थालेकाले होला अर्कै खालको अटाचमेन्ट थियो यहाँका विद्यार्थी र स्टाफहरुसँग । पढाईको कुरा गर्दा नेपाल बसेर बाहिरको डिग्री यति सजिलोसँग पाउनु त हाम्रो लागि ठूलो अवसर थियो । जुन अवसर हामीले पायौं । 

अर्को कुरा रिसर्चबेस डिग्री थियो । छिटो छिटो रिसर्चहरु भइराख्ने, ठाउँ ठाउँमा लगेर रिसर्च हुने, कहिले कलेजकै खानेपानीमा पनि रिसर्च गर्ने, यहींको माटोमा पनि रिसर्च गरियो । कहिले गोकर्ण गएर पनि रिसर्च गरियो । कहिले लाङटाङ जाने । इन्भाइरोमेन्ट साइन्सका विद्यार्थीलाई जे चाहिन्छ, त्यो पूर्णरुपमा हामीले प्राप्त गरौं । यहाँ इन्भाइरोमेन्टको ल्याब पनि छुट्टै छ । ल्याबमा सबै आवश्यक उपकरणहरु छ । 

पहिला सुरुमा त ब्रिटिश डिग्री पढ्न आएको, कसरी पढ्नेहोला ? डर पनि लाग्याथ्यो । किनभने भर्खरै उच्चमाध्यमिक सकेर आएका थियौं । पहिला २–३ महिनाको फाउण्डेशन कोर्ष थियो । विदेशी कोर्ष पढ्ने कसरी होला ? असाइन्मेन्ट कसरी गर्ने होला ? अन्योल थियो हामीलाई । त्यो सबैकुरा कलेजले सिकाएर कक्षा सुरु गरेकाले हामीलाई धेरै सजिलो पनि भयो । यहाँबाट ग्राजुयट भएर निस्किँदा चाहीं अन्तिम बर्ष मैले अनुभव गरेको ठूलो कुरा के हो भनेदेखि मैले जुन रिसर्च गरें, त्यो त्रिभुवन विश्वविद्यालयको मास्टर लेबलको विद्यार्थीले गर्ने रहेछ जुन मैले ब्याचलर डिग्रीमा गरें । भनेपछि हाम्रो लेबल अफ स्टडी कुन रहेछ ? भन्ने कुरा त मैले त्यहींबाट थाहा पाएँ । 

साथै, मैले अनर्स डिग्री गरें जसले मास्टरका लागि पनि धेरै सजिलो भयो स्कलरसिप पाउनका लागि । मलाई लाग्छ नामी छनोट गरेर सही गरें । 

केयू छोडेर नामी आएकोमा पछुतो लागेन्ः मनिभद्रा पोखरेल, विद्यार्थी

म नामीको बीबीएको पहिलो ब्याचको विदार्थी हो । मैले २०१५ मा ज्याइन गरेको थिएँ । २०१८ मा ग्राजुयट भएको हो । मेरो चाहीं अल्ली फरक अनुभव छ । सुरुमा म केयू (काठमाडौं युनिभर्सिटि स्कुल अफ म्यानेजमेन्ट–कुसुम)मा गए । त्यहाँ मेरो नाम निस्कियो । तर, मलाई खासै केयू पढ्न मन थिएन् किनभने नेपाली सिस्टमसँग अल्ली चित्त बुझेको थिएन् । त्यही सन्दर्भमा नामी भनेर कतै नाम देखें । कतै इन्टरनेटतिर होला । कोर्ष केन्टेन्ट हेरें । ब्रिटिश डिग्री देख्दा निकै इन्ट्रेष्टिङ लाग्यो । आफूलाई चित्त बुझ्यो । यस्तो पो कोर्ष हुनुपर्छ त ब्याचलरको लागि भन्ने लाग्यो । 

त्यसपछि नामी कलेजमा आएँ । सबै कुरा बुझें । म आउँदा पूर्वाधार खासै धेरै बनिसकेको थिएन् । तर, के सोचें भने पूर्वाधारले मात्रै पढाई राम्रो हुने होइन् । त्यसपछि पढ्न थालें । पढ्न थालेपछि एकदमै चित्त बुझ्यो । कतिपयले केयू छोडेर नामी आएको ? भनेर पनि सोध्नुहुथ्यो । यहाँ पढ्न थालेपछि जुन ढंगले पढाइन्थ्यो, जुन ढंगले एक्पोजर दिइन्थ्यो, इन्डष्ट्रियल भिजिटहरु थियो । त्यसले मलाई केयू छोडेकोमा कुनै रिग्रेट नै भएन् । 

मैले ब्याचर नसकिँदै मास्टर ज्वाइन गरिसकेको थिएँ । त्यो मेरो लागि प्लस प्वाइन्ट पनि रह्यो । हाम्रो फेरि पढाएर, घोकाएर गर्ने कोर्ष पनि छैन् । सबै प्राक्टिकलबेस नलेज हुने भएकाले कलेजले पनि सोही कुरालाई फोकस गरेको थियो । अगाडि टिचर राखेर उहाँले मात्रै बोल्ने भन्ने सिस्टम पनि छैन नामीमा । ट्युटोरियलहरु हुन्छ । यस्ता हरेक कुराहरुले गर्दा म नामीबाट प्रभावित छु ।