एनएमबि बैंकको एजीएमबाट १६.२ प्रतिशत लाभांश पारित, अधिकृत पूँजी रु. २० अर्ब पुर्याउने

Advertisement

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले आफ्नो २५औं वार्षिक साधारण सभा आज कृष्ण टावर  नयाँ बानेश्वर, काठमाडौंमा सम्पन्न भएको  छ । संचालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । 

कोभिड १९ को संकमणको जोखिमलाई ध्यानमा राख्दै साधारण सभामा भिडियो कन्फ्रेन्स (भर्चुअल) प्रविधि मार्फत संचालन गरी शेयरधनीहरुको जानकारीका लागि अनलाइन प्रसारण गरिएको थियो ।

Advertisement

साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनश शेयर र ३.२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।  उक्त सभाले बैंकले अधिकृत पूँजी रु.१६ अर्बबाट बृद्धि गरी रु.२० अर्ब पुर्याउने प्रस्ताव पारित गरेको छ ।
 

Advertisement

Advertisement