विजय लघुवित्तको एजीएमबाट २० प्रतिशत लाभांश पारित

Advertisement

काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्थाको आठौँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कपिल न्यौपानेको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । 

साधारण सभाले शेयरधनीहरुका लागि प्रस्ताव गरेको २० प्रतिशत लाभांश पारित भएको छ । सञ्चालक समितिले आव २०७६÷७७ को नाफाबाट प्रस्ताव गरेको चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत गरी २० प्रतिशत लाभांश पारित भएको हो । १९ प्रतिशत बोनस पछि संस्थाको कम्पनीको चुक्ता पुँजी २६ करोड ६५ लाख रुपियाँ पुगेको छ । 

Advertisement

उक्त सभाले वित्तीय संस्थाको तर्फबाट अन्य कुनै वित्तीय संस्था प्राप्ती गर्ने वा एक आपसमा गाभ्ने गाभिने सम्बन्धी आवश्यक सहमति र समझौता गर्ने लगायत गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा आवश्यक कामहरु गर्न सक्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

उक्त वार्षिक सधारण सभामा संचालक समितिको तर्फबाट प्रस्तुत  वार्षिक प्रतिवेदन माथि सेयरधनीहरुको जिज्ञासा र उठेका प्रश्नहरुमा संस्थाको तर्फबाट अध्यक्ष कपिल न्यौपाने तथा प्रमुख कार्यकारी अधिकृत बसन्त राज लम्सालले स्पष्ट पारेका थिए । 

Advertisement

Advertisement