काठमाडौँ । प्राइम कमर्सियल बैंकको १३औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
वार्षिक साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयर पारित भएको छ ।
बैकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको सञ्जाल बिस्तार गर्दै लगी आपनो शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफल दिन बैंक प्रतिवद्ध रहेको सीईओ नारायण दाश मानन्धरले बताए ।