हिमालयन बैंकले सिप्रदी ट्रेडिङका ग्राहकहरुलाई सहुलियत कर्जा प्रदान गर्ने

Advertisement

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालिका ग्राहकहरुलाई टाटा मोटर्सका कमर्शियल र प्यासेन्जर गाडीको खरिदमा हिमालयन बैंक लिमिटेडले सहुलियतदरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । 

उक्त सम्झौतापत्रमा सिप्रदी ट्रेडिङ्ग प्रालि कमर्शियल भेहिकलका तर्फबाट जेनेरल म्यानेजर अनुप मणि ढकाल तथा हिमालयन बैंकका तर्फबाट कार्यकारी अधिकृत जयेन्द्रबिक्रम शाहले हस्ताक्षर गरे ।

Advertisement

सम्झौताअनुसार हिमालयन बैंकले आफ्ना देशभरि रहेका शाखा कार्यालयहरुमार्फत सिप्रदी ट्रेडिङ्ग प्रालिका देशभर रहेका शोरुम तथा आधिकारिक डिलरहरुबाट टाटा मोटर्सका नयाँ कमर्शियल र प्यासेन्जर गाडीहरु खरिद गर्न चाहने ग्राहकहरुलाई कमर्शियल गाडी खरिदमा ७० प्रतिशत सम्म भने प्यासेन्जर गाडी खरिदमा ८० प्रतिशत सम्म, अति न्युनतम ब्याजदरमा कर्जा प्रदान गरी सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ । 

हालै मात्र टाटा मोटर्स लिमिटेडले सिप्रदी ट्रेडिङ्गसंगको सहकार्यमा टाटा इन्ट्रा भी २० गाडी नेपाली बजारमा प्रस्तुत गरेको थियो । यससंगसंगै सहज र सरल कर्जा सम्बन्धि यस्तो किसिमकोे सहकार्यले टाटाको नयाँ कमर्शियल र प्यासेन्जर गाडीका ग्राहकहरुको लागि धेरै नै लाभदायी हुने विश्वास दुवै पक्षले लिएको छ ।

कार्यक्रममा सिप्रदीका तर्फबाट प्यासेन्जर भेहिकलका प्रमुख शावंतजंग सिजापति र हिमालयन बैंकका सहायक अधिकृत कमल सिग्देल लगायत सिप्रदी र बैंकका अन्य कर्मचारीहरुको पनि सहभागिता रहेको थियो ।

Advertisement

Advertisement