छ महिनाको विकास खर्च जम्मा १४ प्रतिशत

Advertisement

काठमाडौं । चालू आर्थिक वर्ष २०७७–८८ को आधा अवधि सकिँदा नेपालको विकास खर्च भने विनियोजित पुँजीगत बजेटको एक चौथाई पनि भएको छैन । पुस मसान्तसम्ममा सरकारले १४.०१ प्रतिशत मात्रै खर्च गर्न सकेको हो । संवैधानिक व्यवस्थाअनुसार आर्थिक वर्ष सुरु हुनुभन्दा डेढ महिनाअघि १५ जेठमै बजेट आएको भए पनि विकास खर्च भने निराशाजनक देखिएको हो । 

सरकारले चालू आर्थिक वर्ष २०७७–७८ मा पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड बजेट विनियोजन गरेको थियो । आर्थिक वर्षको आधा अवधि सकिँदा न्यूनतम २५ प्रतिशत विकास बजेट खर्च हुनुपर्ने मान्यता रहेको अर्थविद्हरू बताउँछन् । तर, सरकारले ६ महिनासम्म कुल ४९ अर्ब ४२ करोड रुपियाँ अर्थात् १४.०१ प्रतिशत मात्रै विकास खर्च गर्न सकेको हो । गत आर्थिक वर्षमा सरकारले ६ महिनामा विनियोजित पुँजीगत बजेटको १५.४८ प्रतिशत अर्थात् ६३ अर्ब १४ करोड रुपैयाँ खर्च गरेको थियो । 

Advertisement

नयाँपत्रिका दैनिकबाट । 

Advertisement

Advertisement