मुलुकको चालु खाता घाटामा, रेमिटान्स बढेकाले शोधनान्तर स्थिति भने बचतमा

Advertisement

काठमाडौं । लगातार ४ महीनासम्म बचतमा रहेको चालू खाता चालू आर्थिक वर्षको पाँचौं महीनामा घाटामा गएको छ । गत साउन, भदौ, असोज र कात्तिक महीनामा चालू खाता निरन्तर बचतमा थियो । तर, अहिले आयात बढेसँगै नेपालको मुद्रा बाहिरिएकाले चालू खाता घाटामा गएको हो ।

नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय प्रतिवेदनले चालू आर्थिक वर्ष २०७७–७८ को मङ्सिर महीनामा चालू खाता रू. २५ अर्ब ४१ करोडले घाटामा रहेको छ । अमेरिकी डलरमा १८ करोड २४ लाखले घाटामा रहेको छ । गत आवको सोही अवधिमा चालू खाता रू. ६५ अर्ब १३ करोडले घाटामा रहेको थियो । यसअघि विगतका ४ आवसम्म लगातार घाटामा रहेको चालू खाता गत साउनमा भने बचतमा देखिएको थियो । चालू आव २०७७–७८ को साउन महीनामा चालू खाता रू. २५ अर्ब ४१ करोडले बचतमा रहेको थियो ।

Advertisement

चालू खाता घाटामा गए पनि शोधनान्तर भने निरन्तर बचतमा छ । देशबाट बाहिरिने रकमभन्दा भित्रिने रकम बढी हुँदा मङ्सिरमा शोधनान्तर स्थिति रू. १ खर्ब ६ अर्ब ४८ करोडले बचतमा रहेको छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति रू. २३ अर्ब ३० करोडले बचतमा रहेको थियो ।

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement