प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा भ्रष्टाचार भएको खुलासा

Advertisement

काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा भ्रष्टाचार भएको तथ्य खुलेको छ। परियोजना कार्यान्वयन इकाई ९तरकारी जोन० चितवनअन्तर्गतका कार्यक्रममा अनियमिता भएको पाइएको हो। 

परियोजनामा भ्रष्टाचार भएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कार्यालय प्रमुख सोमनाथ घिमिरेसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। वरिष्ठ कृषि विकास अधिकृत घिमिरे र जोन सञ्चालक समिति अध्यक्ष बालिका कुमारी गिरीलगायतले काम नगरी बिल पेस गरेर रकम हिनामिना गरेको पाइएको छ। 

Advertisement

उनीहरूले अधिकांश योजना आफ्नै लगानीको नारायणी एग्रो कम्पनीलाई दिएका अख्तियारले जनाएको छ। प्राविधिक शिक्षालयको  रकम चितवनको जगतपुरस्थित लक्ष्मी माध्यमिक विद्यालयको खातामा जम्मा हुनुपर्ने सीधै सो कम्पनीमा भुक्तानी दिइएको अख्तियारको आरोपत्रमा उल्लेख छ। कार्यालय प्रमुख घिमिरेले आर्थिक वर्ष २०७३–७४ मा प्राविधिक शिक्षालयका नाममा प्राप्त हुने पाँच लाख रुपैया लक्ष्मी माविको हाताभित्र निर्माण गर्नुपर्ने आधुनिक नर्सरीमा खर्च हुनुपर्ने थियो। तर, सम्झौताअनुसार रकम खर्च नभएको अनुसन्धानमा खुलेको छ। 

अन्नपूर्ण पोष्ट दैनिकबाट ।

Advertisement

Advertisement