परराष्ट्रमन्त्री नयाँ दिल्ली हिँडे, सीमा अतिक्रमणलाई उठाउने नेपालको चाहना, भारत अनिच्छुक

Advertisement

काठमाडौँ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिहीबार नयाँदिल्ली प्रस्थान गरेका छन् । आयोगको बैठक शुक्रबारदेखि सुरु हुने जनाइएको छ । बैठकका लागि सबै तयारी पूरा भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । 

ज्ञवालीसँगै परराष्ट्र मन्त्रालयका सचिव भरत पौड्याल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मी अर्यालसमेत नयाँ दिल्ली गएका छन् । 

Advertisement

संयुक्त आयोगका बैठकमा सीमा अतिक्रमणसम्बन्धी मुद्दालाई नेपालले विशेष जोडका साथ उठाउने तयारी गरेको छ । तर, उक्त विषयमा कुरा गर्न आनाकानी गर्दै आएको भारत आयोगको बैठकमा यसलाई सकेसम्म टार्न प्रयास गर्ने कतिपय विश्लेषकहरुको अनुमान छ । भारत पहिले प्राविधिक रिपोर्ट पूरा गर्नुपर्ने तकै गर्दै सीमा अतिक्रमणलाई विस्तृत छलफल गर्ने पक्षमा नरहेको उनीहरुको बताउँछन् । 

नेपालले आफ्नो भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरेपछि दुई देशबीच सम्वन्ध चिस्सिएको छ । यस विषयमा नेपालले यसअघि नै कुटनीतिक वार्ताको प्रयास गर्दा उसले आलटाल गरेको थियो । बैठकमा भारतीय पक्षको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गर्नेछन् । 

Advertisement

Advertisement