पोखरा फाइनान्सको एजीएमबाट ५.२६ प्रतिशत लाभांश पारित

Advertisement

काठमाडौँ । पोखरा फाइनान्स लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफा तथा जगेडा कोषबाट प्रतिसेयर ५ प्रतिशतका दरले बोनस सेयर र प्रति सेयर ०.२६३ प्रतिशतका दरले नगद लाभांश गरी कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । 

बोनस सेयर वितरण पश्चात् वित्तीय संस्थाको चुक्ता पूँजी रु. ९६.३१ करोड पुगेको छ । साथै सभाले आव २०७७/७८ को लेखापरीक्षक नियुक्त गर्नुका साथै पोखरा फाइनान्स लिमिटेड र अन्य उपयुक्त बैंक वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने(मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने विषयमा आवश्यक सहमति र सम्झौता गर्न लगायत प्रचलित नियम, कानूनअनुसार वित्तीय संस्थाको तर्फबाट गर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिए । 

Advertisement

पोखरा फाइनान्स लिमिटेडले आधुनिक प्रविधियुक्त बैंकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिंदै ग्राहक सेवालाई निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको पनि वित्तीय संस्थाले जनाएको छ ।

Advertisement

Advertisement