सस्तो पैसाले नेपालमा मात्रै होइन विश्वभर बढ्दैछ सेयर बजार, यी हुन् ठूला पाँच कम्पनी

Advertisement

काठमाडौं । नेपालमा सेयर बजार निरन्तर बढिरहेको छ । पुस २३ गते बिहिबार २१९४.४८ अंकमा रोकिएको बजार पुस २९ गते आईपुग्दा २२८६.५४ अंक पुगेको छ ।  अर्थात चार कारोबार दिनमै नेप्से ९२ अंकले वृद्धि भएको छ ।

 यतिबेला नेप्सेले हरेक दिन जसो नयाँ रेकर्ड कायम गरिरहेको छ । बैंकहरुले ब्याजदर धमाधम घटाउन थालेपछि सेयर बजार बढ्न थालेको बताइन्छ । त्यस्तै, लगानीका अन्य क्षेत्रहरुमा कोरोनाको प्रभाव देखिएकाले पनि लगानीकर्ताहरु सेयर बजारमा आकर्षित भएका हुन् । 

Advertisement

नेपालमा मात्रै नभएर यतिबेला विश्वका अधिकांश सेयर बजार भारी मात्रामा बढिरहेको छ । दुनियाँ भरमा करोडौं मानिसले रोजगारी गुमाएका छन् । तर सन २०२० को मार्चमा गिरावट आएपछि सेयर बजारमा भने निरन्तर उछाल आईरहेको छ । टेक्नोलोजी कम्पनी न्यासड्यागको सेयरमा गत वर्ष ४२ प्रतिशतको वृद्धि देखिएको थियो । यसलाई अमेरिकामा सबै भन्दा ठूलो उछाल मानिन्छ । वर्षभरीमा एसएण्डपीको सेयर मूल्य १५ प्रतिशत भन्दा माथि गयो । 

तर बेलायतको स्टक एक्सचेञ्ज एफटीएई १०० कोरोना महामारीका कारण संघर्ष गरिहेको तेल कम्पनी, बैंक, एयरलाइन्सका कारण त्यति मजबुत अवस्थामा देखिएन् । पछिल्लो वर्षको सुरुवातमा १४ प्रतिशत गिरावट आयो तर केहि महिनादेखि त्यसमा पनि तिब्रत्तर वृद्धि भैरहेको छ । युरोपियन युनियनसँगको व्यापार सम्झौतार भ्याक्सिनको अनुमति पाएपछि बेलायतको सेयर बजारमा तिब्र वृद्धि देखा परेको हो । जापानमा भ्याक्सिन बनेपछि पुनः एक पटक सेयर बजारमा उछाल देख्न पाईएको छ । फर्मास्युटिकल स्टक र गेमिङ कम्पनीहरुको सेयर त्यसमा अगाडी देखिए । 

सस्तो पैसा 
मनी मेनेजर स्क्राडर्समा युके इक्वीटीजकी प्रमुख स्यु नाँफका अनुसार सेयर बजारको मूल्य अहिलेको उपज होइन, बरु यो कार चलाउनु जस्तै हो, जसले टाढाको गन्तव्य देख्छ नकी नजिककैको चक्का । लगानीकर्ताहरुमा विकास भैरहेको र स्वीकृति भैसकेको भ्याक्सिनले सफलता पाउँछ र बिक्रि सामान्य बन्छ । 

लगानीकर्ताहरुले सस्तोमा ऋण पाईरहेका छन, जुन सेयर बजारका लागि बरदान सावित भैरहेको छ । अधिकांश देशका केन्द्रिय बैंकहरुले सस्तो ऋणको उपलब्धतालाई जोड दिईरहेका छन्, जसको प्रभाव पनि देखिँदै गएको छ । बैंक अफ इङल्याण्ड एक्लैले सरकार तथा कर्पाेरेटको ८९५ बिलियन पाउण्डको बण्ड किन्ने योजना बनाएको छ । पछिल्लो मार्चदेखि अहिलेसम्म अमेरिकी फेड(फेडेरल रिजर्भ बैंक)ले तीन खर्ब डलरको सम्पति खरिद गरिसकेको छ । यी खरिदहरुको उदेश्य ऋणलाई अझै सस्तो बनाउनु नै हो । जब यो पैसा बण्डको खरिदका रुपमा अर्थप्रणालीमा आउँछ तब त्यसको प्रभाव देखिन्छ । 

नाँफ भन्छिन्–‘यसले पैसाको मूल्य घटाएको छ र सस्तो पैसाले वित्तिय सम्पतिको मूल्य बढाउँछ । हामी दुनियाँभरको सेयर बजारमा यहि देखिरहेका छौं ।’ पाँच ठूला कम्पनी नासड्याग इण्डेक्स सुरुमा तिब्रत्तर रुपमा वृद्धि देखियो । तर केबल पाँच कम्पनीका कारण । गुगलको स्वामित्व रहेको अल्फाबेट, माइक्रोसफ्ट, अमेजन र फेसबुकको मूल्य  अन्य ९५ कम्पनीको कुल योग बराबर जस्तै देखियो । 

स्यु नाफका अनुसार सेयर बजार इण्डेक्स हेरेर यस्तो लाग्छ की कोरोना भाइरस महामारीले अमेरिकी अर्थतन्त्रमा प्रभाव पारेन, तर त्यस्तो होइन, किन की इण्डेक्स हेरेर सबै कम्पनीहरुको अवस्था ठिक छ भन्ने अनुमान गर्न सकिन्न । बीबीसीको सहयोगमा

Advertisement

Advertisement