आठ अर्बको सर्वाधिक ठूलो आईपीओ आजदेखि, कति भर्दा कति पर्छ ?

Advertisement

काठमाडौं । इतिहासकै सर्वाधिक ठूलो राशीको आईपीओ आजबाट निष्काशन खुला भएको छ । पूर्वाधार विकासमा पीपीपी मोडलमा अघि सारिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्ब रुपियाँ बराबरको ८ करोड कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन आरम्भ भएको हो । आज कार्यालय समय सुरुभएपछि आइपीओ भर्न सकिनेछ । 

कुल ८ करोड कित्तामध्ये ०.२० प्रतिशतले हुन आउने १,६०,००० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याईएको छ । त्यस्तै, थप ५ प्रतिशतले हुन आउने ४०,००,००० कित्ता शेयर भने सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता भने सर्व साधारणका लागि आवेदन खुला गरिएको हो । बैंकको आइपीओ छिटोमा माघ ६ गते र ढिलोमा १६ गते बन्द हुनेछ । बैंकले एनआइबीएल एस क्यापिटललाई बिक्रि प्रबन्धक बनाएको छ । बैंकले “इक्रा एनपि आईपिओ ग्रेड ४” रेटिङ पाएको छ । 

Advertisement

कति भर्ने ? कति पर्ला ?
पछिल्लो पटक सार्वजनिक निष्काशन गरेको चन्द्रागिरी हिल्सको आइपीओमा १२ लाख ५१ ह्जार १० जनाले आवेदन दिएका छन् । यहि बैंकको आइपीओ भर्नका लागि हजारौं डिम्याट खाता थपिएका छन् । 

यो आइपीओमा १३ लाख भन्दा बढी आवेदन पर्न सक्ने पूर्वानुमान गरिएको छ । औषतमा एक सय कित्ताका लागि आवेदन गर्दा हुने देखिन्छ । सरदर ५० देखि ६० कित्तासम्म आइपीओ सबै आवेदकलाई पर्न सक्ने बताइन्छ । यद्यपी कति आवेदन पर्छ भन्ने तथ्यांकले नै कति सेयर पर्न सक्छ भन्ने एकिन हुनेछ । 

आइपीओ जारी गरेपछि बैंकको चुक्ता पुँजी २० अर्ब रुपियाँ कायम हुनेछ । बैंकमा नेपाल सरकारको १० प्रतिशत, पाँच वटा बाणिज्य बैंक, १० वटा बीमा कम्पनी र केहि दिग्गज उद्योगी व्यवासयीहरुको लगानी रहेको छ । बैंकले भर्खरै रामकृष्ण खतिवडालाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । 

बैंकले आगामी आर्थिक वर्षदेखि लगानीकर्तालाई लाभांश दिने योजना बनाएको छ । बैंकले लण्डन स्टक एक्सचेञ्जमा सूचिकृत हुने गरि बेलायतमा बण्ड जारी गर्ने तयारी गरिसकेको छ । 

तलको लिंक पनि क्लिक गर्नुहोस्ः 

'निफ्राको आइपीओ भर्नुस्, प्रतिफलको चिन्ता नगर्नुस्'

Advertisement

Advertisement