उद्योगीहरुको गुनासोपछि भैरहवा विशेष आर्थिक क्षेत्रको भाडादर आधै घटाउने तयारी

Advertisement

काठमाडौं । सरकारले भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)को भाडादर साबिकभन्दा ५० प्रतिशतसम्मले घटाउने तयारी गरेको छ । उद्योगी–व्यवसायीले भाडादर महँगो भएको गुनासो गर्दै भैरहवा सेजमा उद्योग खोल्न इच्छा नदेखाएपछि विशेष आर्थिक क्षेत्र प्राधिकरणले भाडादर झन्डै आधा कायम गर्ने तयारी गरेको हो ।

हाल भैरहवा सेजको भाडादर प्रतिवर्गमिटर २० रुपियाँ कायम गरिएको छ । यसलाई घटाएर ८ रुपियाँदेखि १२ रुपियाँ प्रतिवर्गमिटर कायम गर्ने तयारी गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले बताए । ‘भाडादर घटाउने प्रस्ताव एकपटक सञ्चालक समितिमा आइसकेको थियो,’ उनले भने, ‘पुनः अध्ययन गरेर प्रस्ताव गर्ने गरी तत्काललाई फिर्ता गरिएको छ, अबको बैठकमा पुनः प्रस्ताव आउनेछ र पारित गरिनेछ ।’ सम्भवतः प्राधिकरण सञ्चालक समितिको आगामी बैठकले भाडा घटाउने निर्णय गर्नेछ । 

Advertisement

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement