सत्तारुढ दलभित्रको किचलोले विकासको गति कमजोर, ‘समृद्ध नेपाल सुखी नेपाली’ नारामै सीमित

Advertisement

काठमाडौं । सरकारले विकास निर्माणका कामलाई गति दिन नसक्दा चालू आर्थिक वर्ष (आव) २०७७–७८ को ६ महीनाको अवधिमा विकासको गति कमजोर दिएको छ ।

‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा दिँदै ३ वर्षअघि गठन भएको केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार विकासका काममा भन्दा लामोसमयदेखि दलभित्रको आन्तरिक किचलोमा रुमलिँदा त्यसको असर विकास निर्माणमा परेको हो ।

Advertisement

चालू बजेट सार्वजनिक भएको ६ महीनाको अवधीमा नेकपा विभाजनदेखि प्रतिनिधिसभा भंगसम्मका घटना भए । यसैको प्रभाव स्वरूप चालू वर्षमा विकासका लागि छुट्ट्याइएको ३ खर्ब ५२ अर्ब पूँजीगत बजेटमध्ये यो अवधि अर्थात पुस मसान्तसम्ममा ५० अर्ब ८१ करोड मात्रै खर्च भएको सरकारी खर्चको आँकडा राख्ने महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । यसअर्थ पूँजीगत खर्चका लागि चालू वर्षमा छुट्ट्याइएको कुल बजेटको १५ प्रतिशतसमेत खर्च भएको देखिँदैन । सरकारले ६ महीनाको अवधिमा १८ प्रतिशतभन्दा बढी खर्च हुने अनुमान थियो ।

आथिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement