श्री इन्भेष्टमेन्टको एजीएमबाट १०.५३ प्रतिशत लाभांश पारित, ८९ करोड पुग्यो चुक्ता पूँजी

Advertisement

काठमाडौँ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको २६औँ वार्षिक साधारणसभा गत बुधबार कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार काठमाडौंमा सम्पन्न भएको छ ।

सभामा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष शशिराज पाण्डेले समीक्षा वर्षको अन्त्यमा कम्पनीले संकलन गरेको निक्षेप रु. ५ अर्ब २५ करोड र कर्जा सापट रु. ४ अर्ब ६७ करोड पुगेको तथा सम्पूर्ण कारोबार पछिको कम्पनीको खुद मुनाफा (बोनश तथा कर व्यवस्था पछि) रु. ११ करोड १९ लाख भएको जानकारी साधारणासभालाई गराएका थिए ।  

Advertisement

साधारणसभामा अनुमोदनको लागी पेश गरिएको हाल कायम रहेको चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभाँश वितरण (बोनश शेयर ७.३७% तथा नगद लाभाँश ३.१६% ) सम्बन्धि प्रस्तावलाई छब्बिसौं साधारणसभाबाट अनुमोदन गरियो । अनुमोदन पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी रु. ८९,०१,३४,८७९ रुपियाँ ५० पैसा पुगेकोे छ ।

प्रतिवेदन प्रस्तुत गर्ने क्रममा अध्यक्षबाट विषम परिस्थितीको बावजुद पनि कम्पनीको व्यवसायिक कारोवार बृद्धि हुनुमा आफ्ना ग्राहकहरुसंगको निरन्तर सम्पर्क लगायत कर्जाको किस्ता तथा व्याज असुलितर्फ प्रभावकारी अनुगमन मुख्य रहेको बताए । खकम्पनीले २०७७ असार मसान्तसम्म आफ्ना १३ वटा कार्यालयहरुबाट नेपाल राष्ट्र बैंकको निर्देशन परिधि भित्र रहि व्यवसायिक कार्य गर्दै उक्त बैंकको निर्देशनहरु पूर्णरुपमा पालना गरिएको जानकारी समेत सभालाई गराएका थिए । 

छलफलको क्रममा शेयरधनीहरुबाट उठाइएका विभिन्न प्रश्न तथा जिज्ञासाहरुको उत्तर अध्यक्षको अनुमतीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लीलामणि पौडेलले दिए पछि साधारणसभाबाट वित्तीय विवरण लगायत सभामा छलफलका लागी पेश गरिएका साधारण तथा विशेष प्रस्तावहरु सर्वसम्मतबाट पारित भएको थियो । 

Advertisement

Advertisement