शाइन रेसुङ्गाको एजीएमबाट १३ प्रतिशत लाभांश पारित, सञ्चालक समितिको अध्यक्षमा पौडेल चयन

Advertisement

काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको १२औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । उक्त साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०७६÷७७ को सञ्चित वितरणयोग्य नाफाबाट असार मसान्तसम्म कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर पारित गरेको छ । 

साधारण सभाले आव २०७७/७८ को लेखापरीक्षण गर्नका लागि एसआर पाण्डे एण्ड कम्पनी काठमाडौँलाई लेखा परीक्षकमा नियुक्त गर्ने निर्णय पनि गरेको छ । 

Advertisement

साधारण सभाले संस्थापक शेयरधनीका तर्फबाट थानेश्वर पौडेल, डा. ताराप्रसाद उपाध्याय, सुरज उप्रेती र शर्मिला श्रेष्ठ तथा सर्वसाधारण शेयरधनीका तर्फबाट मोनह चापागाईँ र वीरेन्द्र विष्टलाई सञ्चालक चयन गरेको छ । साथै सोही दिन सम्पन्न सञ्चालक समितिको बैठकले थानेश्वर पौडेललाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए । 
 

Advertisement

Advertisement