राष्ट्र बैंकलाई सक्षमले हस्तान्तरण गर्यो आरटीजीएस सिस्टम र मोडुलर डाटा सेन्टर

Advertisement

काठमाडौँ । अन्तर्राष्ट्रिय दातृनिकाय डीएफआईडीको सहयोगमा एसेस टु फाइनान्स अन्तर्गत यूकेएड सक्षमसँगको सहकार्यमा २०७६ भदौ २६ गतेदेखि सञ्चालनमा रहेको रियल टाइम ग्रह सेटलमेण्ट सिस्टम(आईटीजीएस) तथा मोडुलर डाटा सेन्टर राष्ट्र बैंकलाई औपचारिक रुपमा हस्तान्तरण गरिएको छ । 

गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र नेपालस्थित वेलायती राजदुतावासका प्रतिनिधि रोव क्लर्क, यूके सइाममा प्रतिनिधि र राष्ट्र बैंकका पदाधिकारीहरु लगायतको उपस्थिति थियो । कार्यक्रमको सुरुवातमा यूके सक्षमका तर्फबाट टिम लिडर निर्मल दाहालले आरटीजीएस सिस्टम तथा मोडुलर डाटा सेन्टर प्रोजेक्टका बारेमा प्रकाश पारेका थिए ।

Advertisement

त्यसैगरी भुक्तानी प्रणाली बिभागका कार्यकारी निर्देशक भुवन कँडेलले आरटीजीएस सिस्टम मार्फत हुने कारोवारहरु हाल मासिक औसत रु. १३ खर्ब बराबर रहेको, सहभागी बैंक तथा वित्तीय संस्थाहरुको संख्या ३७ रहेको र यो संख्या बढ्दो क्रममा रहेको जानकारी दिनु हुंदै नेपालको भुक्तानी प्रणालीमा विशेष महत्व राख्ने आरटीजीएस सिस्टक कार्यान्वयनमा ल्याउन सहयोग गर्ने यूकेएड सक्षम प्रति धन्यबाद दिए । 

समक्षका टिम लिडर निर्मल दाहाल  र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक कँडेलबीच आरटीजीएस सिस्टम ह्याण्डओभर सर्टिफिकेट्स आदानप्रदान भयो । त्यस्तै मोडुलर डाटा सेन्टर हस्तान्तरण गरी लिनका लागि दाहाल  र नेपाल राष्ट्र बैंकका निर्देशक शिवराम दवाडीबीच ह्याण्डओभर सर्टिफिकेट आदानप्रदान भएको थियो ।
 

Advertisement

Advertisement