काठमाडौं महानगरपालिकाबाट प्रताडित महिलाको बैंक खातामा पाँच लाख सहयोग संकलन

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाबाट प्रताडित भएको भिडियो भाइरस भएसँगै एक महिलालाई जनस्तरबाट पाँच लाख रुपियाँ सहयोग संकलन भएको छ । 

ठेलागाडामा सामान राखेर सामान्य व्यवसायबाट पेट पाल्दै आएकी मन्जु कुँवर क्षेत्रीको काठमाडौं महानगरपालिकाका नगर प्रहरीले ठेला खोसिदिएपछि उनले बिलौना गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । 

Advertisement

उनीप्रति सहानुभूति राख्ने नागरिकहरुले गरेको नगद सहयोग पाँच लाख रुपियाँ नाघेको छ । उनलाई सहयोग जुटाउन पूर्वसचिव भीम उपाध्यायलगायत व्यक्तिहरु अग्रसर भएका थिए । संकलित रकमबाट ती महिलाको नाममा दुई वटा मुद्दती खातासमेत खोलिदिने काम भएको छ । संकलित सहयोग रकम फजुल काममा खर्च नहोस र पीडित महिलालाई नियमित ब्याज आम्दानीसमेत होस भनेर मुद्दती खाता खोलिदिने काम भएको हो । मञ्जुको खातामा सहयोग गर्ने क्रम अझै जारी छ । 

Advertisement

Advertisement