कंगनामाथि चोरीको आरोप

Advertisement

काठमाडौं । बलिउड अभिनेत्री कंगनाले फिल्म ‘मणिकर्णिका’को दोस्रो भागको घोषणा गरेकी छन् । उनको नयाँ फिल्मको टाइटल ‘मर्णिकर्णिका रिटर्न–द लेजेन्ड अफ दिद्दा’ हुनेछ। यसलगत्तै उनीमाथि चोरीको आरोप लागेको छ। लेखक आशिष कौलले कंगनालाई उनको कथा चोरेको आरोप लगाएका हुन्।  

कौलले नवभारत टाइम्ससँगको अन्तर्वार्तामा यसबारे खुलासा गर्दै भनेका छन्, ‘म आफूमाथि भएको गलत कुराका लागि लड्छु। आफूमाथि भएको शोषणका लागि मेरो लडाईं चलिरहेको छ।’

Advertisement

कौलको दाबी अनुसार उनको बुक ‘दिद्दाः द वारियर क्विन अफ कश्मिर’ को अंग्रेजी संस्करण आइसकेको छ। उनी भन्छन्, ‘मसँग कपिराइट छ र उनी यस्तो कसरी गर्न सक्छिन् ?’ 

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement