मोदीले भेट्न नमानेपछि परराष्ट्रमन्त्री फर्किंदै

Advertisement

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न निकै कसरत गरेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मोदीले दिँदैनदिएपछि स्वदेश फर्किन लागेका छन् । सकेसम्म मोदीलाई भेट्न लबिङ गरेका उनले भेट्ने अवसर नपाएपछि फर्किन 

भारत जानुअघिदेखि नै मोदीसँग भेट्न समय मिलाउने प्रयास गरेको ज्ञवालीलाई भारतीय पक्षले भेट्न सकेसम्म समय मिलाउने आश्वासन दिएको थियो । नयाँ दिल्लीस्थित नेपाली दूतावासले त्यसका लागि पहल गरेको पनि थियो । 

Advertisement

होटल ताजमा बसेका मन्त्री ज्ञवालीले होटलबाटै भारतीय पक्षसँग कुरा गरेर मोदीसँग भेट्ने समय मागेका थिए । तर, पटक पटक कोशिष गर्दा पनि मोदीले समय नदिएपछि उनी आज फर्किन लागेका हुन् । ज्ञवाली नेपाल वायुसेवा निगमको अपरान्ह दुई बजेको उडानबाट स्वदेश फर्कँदै छन् । 

Advertisement

Advertisement