नेपाल जब फेयर २०२१ मा ५११ जनाले पाए ‘अन द स्पट’ रोजगारी

Advertisement

काठमाडौं । रोजगारीको खोजीमा रहेका शिक्षित युवा र सक्षम जनशक्तिको खोजीमा रहेका रोजगारदाता कम्पनीबीच एउटै थलोमा अन्तक्र्रिया गर्ने लक्ष्यसहित बिहीबारबाट सुरु भएको नेपाल जब फेयर २०२१ सम्पन्न भएको छ । 
उक्त रोजगारी मेलामा सय भन्दा बढी रोजगारदाताको प्रत्यक्ष सहभागिता रहेको र झण्डै हजारौंले प्रत्यक्ष तथा भर्चुअल माध्यममार्फत मेलामा जोडिएको आयोजकले जनाएको छ । 

मेला समापन भएप नि रोजगारी चाहनेहरुले भर्चुअल माध्यमबाट रोजगारदातासंँग जोडिने क्रम भने आगामी केही दिनसम्म चल्नेछ । शुक्रबार र शनिबार १५० हाराहारीमा अन्तरवार्ता सत्र संचालन भएको थियो । दुई दिनको अन्तरर्वाता पत्रमा ७२४ जना सहभागी भएका र तीमध्ये ५११ जनाले जागिर पाउन सफल भएका आयोजकले जानकारी दिएको छ । 

Advertisement

यसबाहेक  मेलामार्फत रोजगारदाता र करिअर प्लानमा रहेका युवाबीच प्रत्यक्ष अन्तरक्रिया भई व्यावसायिक र पारदर्शी मानव संशाधन अभ्यास सुरुवात गर्ने लक्ष्यलाई सार्थक बनाइएको आयोजक एस्पायर जब्सले जनाएको छ । 

Advertisement

Advertisement