कोभिड भ्याक्सिन किन्ने र निर्वाचन गर्ने बेला सरकारको आम्दानी झन घट्यो

Advertisement

काठमाडौं । सरकारको मुख्य आम्दानीको स्रोतका रूपमा लिइने राजस्व संकलन पुस महीनामा पनि कमजोर देखिएको छ । कोभिड–१९ को संक्रमणपछि राजस्व संकलनमा उतारचढाव आइरहेका बेला पुसमा समेत राजस्वका सूचकांकले लक्ष्य भेट्न सकेन ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले पुसमा १ खर्ब ३५ अर्ब राजस्व संकलनको लक्ष्य लिएकोमा १ खर्ब २४ अर्बमात्रै उठाउन सकेको देखिन्छ । गैरकरतर्फ शिक्षण, पर्यटन, सेवा शुल्कतर्फ पनि कम असुलीमा अझै सुधार नदेखिएको महालेखाका अधिकारीहरू बताउँछन् ।

Advertisement

७२ अर्ब राजस्व संकलनको लक्ष्य पुस महीनामा राखिए पनि ६२ अर्ब संकलन भएको आन्तरिक राजस्व विभागका उपमहानिर्देशक मुक्ति पाण्डे बताउँछन् । ठूला करदाता कार्यालयले मात्रै यो महीनामा ४४ अर्ब राजस्व संकलन हुने अपेक्षा राखेकोमा ३२ अर्बको हाराहारी राजस्व उठाउन सकेको विभागको भनाइ छ ।

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement