हुलाकी राजमार्गको हालतः १३ बर्षमा जम्मा ५६ प्रतिशत प्रगति

Advertisement

काठमाडौं । तराई–मधेसका २१ जिल्ला जोड्ने बहुप्रतीक्षित राष्ट्रिय गौरवको हुलाकी राजमार्ग औपचारिक रूपमा निर्माण थालिएको १३ वर्ष नाघेको छ । चालू आर्थिक वर्षको पनि ६ महिना पूरा हुँदै छ । आव ०६५–६६ मा आयोजना निर्माण थालनी गर्दा आव ०७४–७५ मा सम्पन्न गर्ने प्रक्षेपण गरिएको थियो । 

तर, अहिले संशोधन गरेर आव ०७९र८० पुर्‍याइएको छ । हुलाकी राजमार्ग निर्देशनालयले दिएको पछिल्लो प्रगति विवरणअनुसार अहिलेसम्म समग्रमा आयोजनाको भौतिक प्रगति ५६ प्रतिशत पुगेको छ । तर, आयोजना निर्देशक रोहितकुमार बिसुरालले संशोधित कार्यातालिकाअनुसार तोकिएकै समयमा आयोजना सम्पन्न गरिने बताए । 

Advertisement

अहिलेसम्म के काम भयो ?
आयोजनाको कुल एक हजार ७९२ किलोमिटर सडकमध्ये अहिलेसम्म ६०२ किलोमिटर मात्र कालोपत्रे भएको छ । त्यस्तै, २२६ किलोमिटरको ग्राभेल सम्पन्न भएको छ । ६९५ किलोमिटर सडक निर्माणाधीन अवस्थामा रहेको छ । 

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement