नेपाल हस्तकला महासंघको ४०औं वार्षिक साधारण सभा सम्पन्न

Advertisement

काठमाडौँ । नेपाल हस्तकला महासंघको ४० औं वार्षिक साधारण सभा गत बुधबार महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्यको सभापतित्वमा भर्चुअल माध्यमबाट सम्पन्न भयो । 

उक्त साधारण सभाको उद्घाटन कार्यक्रमको प्रमुख आतिथ्यता महासंघका संस्थापक अध्यक्ष सागर सम्शेर राणाल गरेका थिए । सो सभामा सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङ्ग, नेपाल सरकारका उद्योग, सचिव चन्द्रकुमार घिमिरे, वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले भर्चुअल माध्यमबाट शुभकामना दिएका थिए ।
  
त्यसैगरी व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्याकारी निर्देशक शरदबिक्रम राणा, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवाल र नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंशले भर्चुअल जुमबाट शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  

Advertisement

वार्षिक सभाको बन्द शत्रमा कार्यसमितिको वार्षिक प्रतिवेदन, वित्तीय प्रतिवेदन माथि छलफल भई पारित गरिएको थियो । 
 

Advertisement

Advertisement