एशियन लाइफको सीईओ पदको कार्यभार दिनेशलाल श्रेष्ठले सम्हाले

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा दिनेशलाल श्रेष्ठले माघ १ गतेदेखि कार्यभार सम्हालेका छन् । 

सञ्चालक समितिले माघ १ गतेदेशि लागु हुने गरी सीईओ पदमा उनलाई नियुक्त गर्ने निर्णय अनुसार नै कार्यभार सम्हालेको कम्पनी सचिव मुरारीराज हुमागाईँले जनाएका छन् । 

श्रेष्ठ यसअघि गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको सीईओ थिए ।