सिंगटी हाइड्रोको आईपीओ आजदेखि, पहिलो चरणमा कस्ले भर्न पाउँछन् ?

Advertisement

काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडको १४ लाख ५० हजार कित्ता साधारण शेयर (आइपिओ) आजदेखि निष्काशन खुला भएको छ । लगानीकर्ताले आइपीओमा छिटोमा माघ १८ गते र ढिलोमा फागुन ३ गतेसम्म आवेदन दिन सक्नेछन् । 

आयोजना प्रभावित स्थानियहरूका लागि प्रतिकित्ता १०० रुपियाँ अंकित १४ करोड ५० लाख रुपियाँको उक्त आईपीओ निष्कासन खुल्ला भएको हो । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि शेयर बाँडफाँछ भए पछि दोश्रो चरणमा सर्वसाधारणका लागि निष्काशन खुल्ला धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केटले जनाएको छ । 

Advertisement

पहिलो चरणमा दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरुले आइपीओमा आवेदन दिन सक्ने बिक्री प्रबन्धकले उल्लेख गरेको  छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपियाँ अंकित दरमा ४३ करोड ५० लाख रूपियाँ बराबरको ४३ लाख ५० हजार कित्ता आइपिओ निष्कासन तथा बिक्री खुल्ला गर्न पुस २१ गते अनुमति दिएको थियो । 

Advertisement

Advertisement