निर्वाचनबारे छलफल गर्न आयोगले बोलायो दलहरु, जाला प्रचण्ड–माधव समूह ?

Advertisement

काठमाडौं । निर्वाचन गर्ने विषय अन्योलमा परेको बेला निर्वाचन तयारीका विषयमा छलफल गर्न निर्वाचन आयोगले दलहरुलाई बोलाएको छ । आयोगले आइतबार सो विषयमा छलफलका लागि आफ्नो कार्यालयमा दलहरुलाई बोलाएको हो । 

सत्ताधारी दलबाट ट्क्रिएको नेकपा (प्रचण्ड–माधव समूह)ले निर्वाचनको विरोध जनाइएको बेला आयोगले दलहरुलाई बोलाएको हो । प्रतिनिधिसभा र प्रदेशसभामा सहभागी सबै दललाई बैठकमा बोलाएको छ । नेपाली काँग्रेसमा पनि एउटा समूह चुनावको पक्षमा रहेको छ भने अर्को पक्ष संसद पुनःस्थापनाको पक्षमा रहेको छ । 
 
प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते संसद गरी गरी आउँदा बैशाखका लागि निर्वाचनको मिति तोकेका छन् । आयोगले मतदान केन्द्र र मतदान स्थल, मतदाता नामावली अद्यावधिकलगायत विषयमा दलहरूसँग छलफल गर्न लागेको हो। संसद विघटनसम्वन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ । सो मुद्दामा अहिले बहस भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement