जिल्ला सहकारी सङ्घ कास्कीको अध्यक्षमा सावित्री कोइराला निर्वाचित

Advertisement

गण्डकी । सहकारीको छाता सङ्गठन जिल्ला सहकारी सङ्घ कास्कीको अध्यक्षमा सावित्रा कोइराला निर्वाचित भएकी छिन् । अध्यक्षका लागि कोइरालासहित बलराम गौतम र धर्मराज अर्याल चुनावी मैदानमा थिए । 

सङ्घको ४७औँ साधारणसभाले वरिष्ठ उपाध्यक्षमा छविलाल लामिछाने, महिला उपाध्यक्षमा अम्बिका गौतम, महासचिवमा दीपक बाँस्तोला र कोषाध्यक्षमा नवराज बराल निर्वाचित भएका छन् । 

Advertisement

त्यसैगरी महिला प्रतिनिधिमा कौशिला गुरुङ, चन्द्रकुमारी पराजुली, मैनादेवी रावल, विना लोहोनी निर्वाचित भए । राष्ट्रिय प्रतिनिधि सदस्यमा दीपकप्रसाद आचार्य चयन भएका छन् । विषयगत समितितर्पm  आनन्द सुवेदी र सञ्चालक समिति सदस्यमा खेमबहादुर गुरुङ, धनराज पुरी तथा लेखा समिति संयोजक धर्मबहादुर गुरुङ एवं सदस्यमा रमण पौडेल र विमलाकुमारी थापा निर्वाचित भए । रासस 

Advertisement

Advertisement