नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा ९ करोड ९४ लाख कित्ताको माग, ३ दिनमै ८ लाख २ हजारको आवेदन

Advertisement

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको निष्काशन खुला भएको साधारण शेयर(आईपीओ)मा आज तेश्रो दिन साँझ ५ बजेसम्म ८ लाख २ हजार ७ सय ८ जनाले आवेदन दिएका छन् । 

अहिलेसम्मकै ठूलो ८ अर्ब रुपियाँको ८ करोड कित्ता आईपीओ निष्काशन खुला भएको हो । तेश्रो दिन साँझसम्म ९ अर्ब ९४ करोड ६ लाख ७४ हजार रुपियाँ बराबरको ९ करोड ९४ लाख ६ हजार ७ सय ४० कित्ताका लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ हाउसले जनाएको छ । 

Advertisement

कुल ८ करोड कित्तामध्ये ०.२० प्रतिशतले हुन आउने १,६०,००० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याईएको छ । त्यस्तै, थप ५ प्रतिशतले हुन आउने ४०,००,००० कित्ता शेयर भने सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता भने सर्व साधारणका लागि आवेदन खुला गरिएको हो । 

बैंकको आईपीओ छिटोमा माघ ६ गते मंगलबार र ढिलोमा १६ गते बन्द हुनेछ । बैंकले एनआइबीएल एस क्यापिटललाई बिक्रि प्रबन्धक बनाएको छ ।

तलको लिंक पनि क्लिक गर्नुहोस्ः 

आठ अर्बको सर्वाधिक ठूलो आईपीओ आजदेखि, कति भर्दा कति पर्छ ?

'निफ्राको आइपीओ भर्नुस्, प्रतिफलको चिन्ता नगर्नुस्'

Advertisement

Advertisement