एनआईसी एशियाको एजीएमबाट स्वदेशी लघुवित्तसँग भएको मर्जरको अन्तिम सम्झौता पारित

Advertisement

काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीयको तेश्रो वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष कपिल ढकालको सभापतित्वमा संस्थाको रजिष्टर्ड कार्यालय, भेरी ४ जाजरकोटमा साधारण सभा सम्पन्न भएको हो । 

सो अवसरमा संस्थाको आव २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आव २०७६/७७ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोहि अवधिको वित्तीय विवरणसँग सम्बन्धीत अनुसुचीहरु परित भएको छ ।

Advertisement

यसका साथै एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्तबीच भएको संयुक्त मर्जरको अन्तिम सम्झौतालाई समेत साधारण सभाले पारित गरेको छ । त्यसैगरी संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा समयानुकुल संशोधन गर्ने लगायत  साधारण सभामा पेश भएका प्रस्तावहरु सर्वसम्मतरुपमा साधारण सभाले पारित गरेको छ ।

त्यस्तै साधारण सभामा तय भएको सर्वसाधारण शेयरधनिको तर्फबाट प्रतिनिधीत्व गर्ने २(दुई) जना संचालकहरु शंशाक अग्रवाल र प्रभा बुढा ज्ञवाली निर्विरोध निर्वाचित भई संचालक पदमा नियुक्त भएका छन् । लघुवित्तले स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको सूचना अधिकृत प्रल्हादचन्द्र निरौलाले जानएका छन् । 
 

Advertisement

Advertisement