लक्ष्मी बैंकले ल्यायो थप सुबिधा, अब बसको टिकटको भुक्तानी क्यूआरबाट

काठमाडौँ । लक्ष्मी बैंकले लोत्से बहुउद्देश्यीय प्रालिको सहभागितामा बस टिकट बुकिङ सेवाको भुक्तानी गर्न पाउने गरी थप सुबिधा ल्याएको छ ।

अब बसको टिकट खरिद गर्दा ग्राहकले मोबाईल मनि/ वालेटबाट क्यूआर स्क्यान गरी फोनपे नेटवर्क अन्तरगत भुक्तानी गर्न सकिने छ । क्यूआरद्वारा बस टिकटको भुक्तानी गर्न पाउने सेवा तत्काल काठमाडौँको गोंगबु बसपार्कको टिकट काउन्टरहरुमा उपलब्ध छ । क्यूआरले ग्राहकहरुलाई छिटो एव छरितो सहज रुपले भुक्तानी गर्न सक्ने बिश्वास बैकले लिएको छ । 

लक्ष्मी बैंकले विगतमा क्यूआर पेमेण्टलाई अस्पताल,  शपिङ्ग मल , इन्टरनेट सेवा प्रदायक लगायत विभिन्न साना( ठूला ब्यापारिक संस्थाहरुमा संचालन  गर्दै आएको छ  ।