प्रचण्ड ब्रम्हास्त्र प्रयोग गर्दै, आक्रामक हुन कार्यकर्तालाई निर्देशन, फेरि जंगल पस्ने संकेत

Advertisement

काठमाडौं । नेकपा (प्रचण्ड–माधव समूह)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारविरुद्ध आफ्नो समूहनिकट युवाविद्यार्थीलाई आक्रामक बन्न निर्देशन दिएका छन् । 

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनीयनको उपत्यकास्तरीय भेलामा आइतबार निकै आक्रामक देखिएका उनले विघटनविरुद्धको आन्दोलनमा आक्रामक बन्न निर्देशन दिएका हुन् ।

Advertisement

प्रचण्डले भने, ‘सिंह जस्तै गर्जेर प्रतिक्रान्तिकारी हल्लिनुपर्छ । किन किन के चिलाएको हो ? टाउको चिलाएको छ, लाठी खान मन छ योपटक ।’ सरकारको कदमविरुद्ध अन्तर्राष्ट्रिय समुदायबाट अपेक्षाकृत चासो नआएपछि निराश बन्दै गएका उनले आफ्नो गुरुको रुपमा लिएका नेपाली काँग्रेसका नेता गिरिजाप्रसाद कोइरालालाई पनि सम्झिए । 

विगतमा गिरिजाले पनि आन्दोलनका क्रममा लाठी खाएको र आफू पनि खान तयार रहेको भन्दै प्रचण्डले आवश्यक परे फेरि हतियार उठाउने संकेत गरे । युवाविद्यार्थीलाई कडा रुपमा प्रस्तुत पटक पटक आग्रह गरेका उनले आन्दोलन शाकाहारीले मात्र नपुग्ने बताए । अबको आन्दोलन हिंसात्मक हुनसक्ने प्रचण्डको स्पष्ट संकेत थियो । 

माघ ९ गते उपत्यकामा नेकपाको प्रचण्ड माधव समूहले शक्ति प्रदर्शन गर्न लाग्दा प्रचण्डको आक्रामक अभिव्यक्ति आएको छ । यसले अबको आन्दोलन हिंसात्मक हुने संकेत समेत गरेको छ ।

प्रधानमन्त्री केपी ओलीलाई लम्पसारवादी भन्दै विदेशीको अगाडि लम्पसार परेको आरोप लगाए । उनले भने,‘उहाँ लम्पसारवादी हुनुहुन्छ ।’

Advertisement

Advertisement