सहकारी विकास बोर्डमा नियुक्त भएका पार्टी कार्यकर्ताले म्याद थप पाए

Advertisement

राष्ट्रिय सहकारी विकास बोर्डले गैरकानुनी रूपमा फेरि करारमा कर्मचारी भर्ना गरेको छ । बोर्डका सदस्यसचिव चक्रबहादुर पराजुलीले नियमविपरीत १२ कर्मचारीलाई ६ महिनाका लागि नियुक्त गरेका हुन् । 

नियमविपरीत करारमा कर्मचारी भर्ना गरिएको सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गरिरहेकै वेला २ माघदेखि लागू हुने गरी १२ जना नियुक्त गरिएको हो । तत्कालीन सहकारीमन्त्री पद्मा अर्यालको पालामा भर्ना गरिएका १९ जनाको पुस मसान्तमा करार अवधि सकिएको थियो । 

Advertisement

मन्त्री र नेताहरूको सिफारिस भएका केहीको फेरि करार थपिएको हो । तत्कालीन मन्त्री चक्रपाणि खनालको कार्यकालमा नियुक्त भएका र अहिले नेकपाको प्रचण्ड–माधव नेपाल समूहमा लागेकाको म्याद थप नगरिएको स्रोतले जनाएको छ । 

सदस्यसचिव पराजुलीले विशाल शर्मा, मदन अर्याल, टीकाकुमारी लुइँटेल, गौरव आचार्य, मोहनकुमार पाण्डे र कृपा भण्डारीलाई फेरि अधिकृतस्तरमै नियुक्त गरेका छन् । त्यस्तै, सहायकस्तरका दीपक भण्डारी, कमल रिजाल, प्रत्यक्ष ढकाल, माधवप्रसाद श्रेष्ठ, किरण श्रेष्ठ र जमुना शर्माको पनि करार थपिएको छ । उनीहरू सबैलाई तत्कालीन सहकारीमन्त्री पद्मा अर्यालले नियुक्त गरेकी थिइन् । 

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement