भर्चुअल माध्यमबाट सातौं महिला उद्यमी सम्मेलन सम्पन्न

Advertisement

काठमाडौँ । नेपाल युवा उद्यमी मञ्चको आयोजनामा काठमाडौँमा सातौं महिला उद्यमी सम्मेलन–२०२१ काठमाडौँमा सम्पन्न भएको छ । यो वर्ष १५० भन्दा बढी सहभागिहरुको सहभागिता रहेको र उक्त कार्यक्रम नेपाली युवा उद्यमी फोरमको एउटा प्रमुख हिस्सा थियो । 

यो वर्ष भर्चुअल माध्यमबाट कार्यक्रम सम्पन्न गरिएको हो । लक्ष्मी बैंकको प्रायोजनमा नेपालकै पहिलो भर्चुअल महिला उद्यमी सम्मेलन–२०२१ आयोजना गरिएको हो । ‘वुमन हु इन्सपायरः इन द टाइम अफ क्राइसिस, लुक्स फर अपरचुनिटीज’ भन्ने नाराका कार्यक्रम सम्पन्न भएको हो । 

Advertisement

कार्यक्रमको स्पोनसर तथा ज्ञान पार्टनर अन्तराष्ट्रिय श्रम संगठन, कारखाना, डिजाईन पार्टनर एक्ट ३६०, प्रविधि पार्टनर भायानेट र भुक्तानी पार्टनर ईसेवा रहेका थियो । कार्यक्रमले महिला उद्यमशिलतालाई प्रबद्र्धन गर्दै आएको छ । कार्यक्रममा जम्मा भएको रकम पछी दिदि फाउन्डेशनलाई हस्तान्तरण गरिने छ ।

कार्यक्रममा उद्यमी, श्रमिक महिला, विभिन्न व्यावसायीहरु लगायत विभिन्न विज्ञहरु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न विज्ञहरुको सम्बोधन, प्रेरक वक्ताहरुको प्रस्तुति, प्यानलमा छलफलको लागि आमोको तर्फबाट आयुषा श्रेष्ठ, बियुटी बारबाट इच्छा कार्की, वाईल्ड अर्थ नेपालको तर्फबाट क्यारोल दनहम, र लिटल ईन्जनियरको तर्फबाट राना इल केमाइटिली रहेका थिए । यस कार्यक्रमको प्रस्तोता मिस युनिभर्स–२०१८, मनिता देवकोटा थिइन् ।

नेपालका विभिन्न उदयमान संस्थाहरु, खानपिन, स्वीट फिक्स, अजिस लगायत वर्कहव जस्ताको सहभागीता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी तथा राष्ट्रिय युवा परिषदका कार्यकारी सञ्चालक माधव प्रसाद ढुङगेलद्वारा महिला उद्यमीहरुलाई प्रोत्साहन गर्न नेपालको हरेक क्षेत्रमा महिलाको सहभागीता हुनुपर्ने भन्दै आफ्ना भनाई प्रस्तुत गरेका थिए । 

साथै अन्र्तराष्ट्रिय श्रम संगठनका संयोजक प्रकाश शर्माले महिला उद्यमीहरुले कोभिड–१९ को बेला भोग्नु परेको चुनौतीहरु र नीतिको बारेमा व्याख्या गर्दै महिला उद्यमीहरुलाई प्रोत्साहन दिंदै सम्मेलनको समापन गरेका थिए । 
 

Advertisement

Advertisement